मीनबहादुरको मन : भाटभटेनीले कुनै कर्मचारीलाई जागिरबाट ननिकाल्ने, पूरा तलब र बोनस दिने

दुर्गा प्रसाइले नेतृत्व गरेको जेठ १५ को आन्दोलन होस वा जेनजीको आन्दोलन । त्यसमा सबैभन्दा बढी टार्गेटमा राखिएको थियो भाटभेटनी सुपरमार्केट । गत भाद्र २३ र २४ मा भएको आन्दोलन तथा प्रदर्शनको क्रममा भाटभेटनी सुपरमार्केटका एक दर्जन बढी आउटलेटमा तोडफोड र आगजनी भयो । अर्बाै होइन खर्बको सम्पत्ति क्षणभरमा खरानी बनाइयो । यो घटनासँगै ती आउलेटमा कार्यरत कर्मचारीहरु दशैको मुखमा जागिरबाट निकालिन सकिने आकलन गरिएको थियो तर सर्वसाधरणको आँकलन विपरित भाटभेटनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले फेरि मन फुकाएका छन् ।

बिज्ञापन

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा  भाटभटेनीका १६ बढी स्टोरमा क्षति भयो । १२ वटा स्टोरमा आगजनी गरेर पूर्ण क्षति बनाइयो । जेनजीको आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । तर, भाटभटेनीले भने ती स्टोरमा काम गर्ने कर्मचारीलाई कामबाट ननिकाल्ने, उल्टै दशैं भत्ता समेत दिने भएको छ । साथै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जलेर नष्ट भएका स्टोरमा हजारौँ कर्मचारी रहेको उल्लेख गर्दै कसैलाई पनि अहिले बिदा नगर्ने,दसैंको एक महिनाको पूरा तलब दिने ”बताएका छन् ।

बिज्ञापन

भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले राष्ट्रिय विपतमा पटक पटक मन फुकाउँदै उदाहरणीय व्यवसायीका रुपमा आफूलाई चिनाउँदै आएका छन् । चाहे कोराना काल होस वा भूकम्प,वाढी पहिरोको वितण्डा हुँदा होस सबैभन्दा पहिला दान गर्ने अग्रसर हुन्छन्,गुरुङ । यस अघि बाढीपहिरो र डुबान पीडितको राहतका लागि करोडौं रकम दान दिएका छन् । यस अघि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुविधा सम्पन्न आकस्मिक कक्ष बनाएर उनैले अहिले पुनः विस्तार गरिदिएका छन् । केही महिनाअघि डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ५० औं करोड रूपैयाँ सहयोग गर्नुका अलवा उनले दुर्गम भेगका र चिकित्साशास्त्र अध्ययनका लागि आर्थिक पहुँच नभएका छ जना विद्यार्थीलाई पूर्ण सहयोग गरेका छन् ।

केही अघिमात्र भक्तपुरको एउटा इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने निर्णय गरेका थिए । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमाले ४ जीपीए हासिल गरेपछि गुरुङ र उनकी श्रीमती सावित्रीले एमबीबीएससम्मको अध्ययनमा लाग्ने खर्च व्यहोर्ने जनाएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मीनबहादुरको मन : भाटभटेनीले कुनै कर्मचारीलाई जागिरबाट ननिकाल्ने, पूरा तलब र बोनस दिने

गृहद्वारा सहायता कक्ष स्थापना,उच्छृङ्खल गतिविधिको सूचना दिन अनुरोध

अन्तरिम सरकार बनेपछि मन्त्रालय फर्किइन अतिरिक्त सचिव

वौद्धिक विचौलियाले यसरी खान्छन् ‘बाँडिचुडी’

एकै पटक चार सय आयोजनाको ठेक्का तोड्ने तयारी

कालिकामाई गाउँपालिकामा सुशासन धरापमा: प्रशासकीय अधिकृत अमित गिरीको लापरवाहीले भ्रष्टाचारको नयाँ शृंखला

गुण्डुस्थित डेरामा सरेपछि ओली बोले :’स्वचालित हतियारले ताकी ताकी गोली हानियो’

एक लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

बिशेष