एक लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लेखा अधिकृतलाई रंगेहात पक्राउ गरेको छ । अख्तियारले टोलीले एक लाख रुपैंया घुससहित लेखा अधिकृतलाई सुर्खेतको एउटा होटलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका लेखा अधिकृत हुन टंकबहादुर कार्की ।उनी सात बर्षदेखि एउटै पालिकामा कार्यरत रहेका थिए । ०७६ सालमा सो पालिकामा पुगेका उनी अघिल्लो बर्षमात्र प्रदेशको ऐन अनुसार सातौं तहमा बढुवा भएका हुन । बढुवा पछि पालिकाको बरिष्ठ लेखा अधिकृतको जिम्मेवारीमा रहेका उनी यस अघि पटक पटक मदिरा सेवनका कारण बदनामीमा मुछिएका कर्मचारी हुन ।

बिज्ञापन

प्रदेश निजामती ऐन अनुसार अघिल्लो बर्ष फागुनमा सातौं तहमा बढुवा भएर वरिष्ठ लेखा अधिकृत(सातौँ) का रुपमा कार्यरत रहेका आएका उनलाई हिजो राती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई सुर्खेतको एउटा होटलबाट सेवाग्राहीसँग एक लाख रकम घुस लिइरहेको अबस्थामा रंगेहात नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

गाउँपालिकाको सडक स्तरन्नति तथा निर्माण सम्पन्न भए पनि अन्तिम बिल भुक्तानीका क्रममा १ लाख रुपैंया घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

घुस नदिन निर्माण व्यवसायीलाई मन्त्री लम्सालको निर्देशन, मागे सिधै जानकारी दिन आग्रह

कोदारीमा अराजकता : सरकारी टोलीमाथि दुर्व्यवहार, पहिरो नियन्त्रण प्रभावित

प्रारम्भ भयो ट्रेड युनियन खारेजीको अभियान : राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी यूनियन भङ्ग

मालपोत कार्यालयका प्रमुख,शाखा अधिकृत,नासुसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

बिशेष