अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लेखा अधिकृतलाई रंगेहात पक्राउ गरेको छ । अख्तियारले टोलीले एक लाख रुपैंया घुससहित लेखा अधिकृतलाई सुर्खेतको एउटा होटलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका लेखा अधिकृत हुन टंकबहादुर कार्की ।उनी सात बर्षदेखि एउटै पालिकामा कार्यरत रहेका थिए । ०७६ सालमा सो पालिकामा पुगेका उनी अघिल्लो बर्षमात्र प्रदेशको ऐन अनुसार सातौं तहमा बढुवा भएका हुन । बढुवा पछि पालिकाको बरिष्ठ लेखा अधिकृतको जिम्मेवारीमा रहेका उनी यस अघि पटक पटक मदिरा सेवनका कारण बदनामीमा मुछिएका कर्मचारी हुन ।
बिज्ञापन
प्रदेश निजामती ऐन अनुसार अघिल्लो बर्ष फागुनमा सातौं तहमा बढुवा भएर वरिष्ठ लेखा अधिकृत(सातौँ) का रुपमा कार्यरत रहेका आएका उनलाई हिजो राती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले उनलाई सुर्खेतको एउटा होटलबाट सेवाग्राहीसँग एक लाख रकम घुस लिइरहेको अबस्थामा रंगेहात नियन्त्रणमा लिएको हो ।
बिज्ञापन
गाउँपालिकाको सडक स्तरन्नति तथा निर्माण सम्पन्न भए पनि अन्तिम बिल भुक्तानीका क्रममा १ लाख रुपैंया घुस लिइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।