निर्वाचन र पुनर्निर्माण खर्च जुटाउन अर्थ मन्त्रालयको कार्यदल

काठमाडौं । जेनजी आन्दोलनमा ध्वस्त भएका संरचना पुनर्निर्माण र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको छ ।

बिज्ञापन

तीन सदस्यीय कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री सहभागी छन् । कार्यदललाई चालु बजेटभित्रकै प्राथमिकता फेरबदल गर्दै स्रोत जुटाउने सम्भावनाको अध्ययन गर्ने जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

बिज्ञापन

“चुनाव र पुनर्निर्माण दुवैका लागि ठूलो रकम आवश्यक पर्छ । नयाँ पूरक बजेट ल्याउनेभन्दा पनि हालकै बजेटभित्र टुक्रा–टुक्रा आयोजना कटौती गरेर स्रोत जुटाउने तयारी गरिएको छ,” पाण्डेयले बताए ।

भदौ ३० गते कार्यभार सम्हालेका नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पनि यसअघि बजेटमा राजनीतिक दबाबका कारण परेका, पूर्वतयारी नसकिएका र टुक्रे कार्यक्रम हटाइने स्पष्ट संकेत दिएका थिए ।

बिज्ञापन

उनका अनुसार सरकारले पूरक बजेट ल्याउने योजना छैन । बरु, चालु बजेटमै रहेका कम प्राथमिकताका योजना कटौती गरी करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत निर्वाचन र पुनर्निर्माणमा परिचालन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

कोरला नाकामा थपियो उपसचिवको दरबन्दी,सिण्डिकेटवाला व्यवसायीको रुवावासी

अर्थमन्त्रीका विवादित निर्णय रोक्दै घर जान लागेका मुख्य सचिव

बिशेष