कर्मचारी सरुवामा कुलमानको नीति : राइट म्यान इन राइट प्लेस इन राइट टाइम

ऊर्जासहित भौतिक र शहरी मन्त्रालयको जिम्मेवारी सम्हालेका अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले कर्मचारी सरुवामा आफ्नो मूल नीति राइट म्यान इन राइट प्लेस इन राइट टाइम’ रहेको बताएका छन् ।

बिज्ञापन

घिसिङले आफ्नो पहिलो प्राथमिकतामा संस्थागत सुधार र कार्यक्षमता वृद्धि रहेको उल्लेख गर्दै कर्मचारीहरुलाई नडराई काम गर्न आग्रह गरे । उनले कर्मचारीहरु नडराई राम्रोसँग काम गर्न र राम्रोसँग काम गर्नेलाई राम्रो जिम्मेवारी दिइने उल्लेख गरे । कुलमानले आफ्नो कसैप्रति पूर्वाग्रह नरहेको उल्लेख गर्दे द्रुतगतिमा काम गर्न,निर्णयहरु फास्ट ट्राकमा गर्न आग्रह गरे ।

बिज्ञापन

मन्त्रीको पदभार ग्रहणपछि उनले कार्यकक्षमा कर्मचारी सरुवामा उपयुक्त मान्छेले उपयुक्त जिम्मेवारी पाउने उल्लेख गर्दै कर्मचारीहरुलाई असल नियतले ढुक्क भएर काम गर्न आग्रह गरे।
सही मान्छे सही ठाउँमा राख्ने मेरो नीति हो । यसमा कुनै सम्झौता हुँदैन,मन्त्री घिसिङले भने ।
उनले भ्रष्टाचारविरुद्ध आफ्नो दृढ अडान रहेको उल्लेख गर्दे “शून्य सहनशीलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मात्र होइन, यसलाई निर्मूल गर्नुपर्छ । अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही हुने पनि कर्मचारीहरुलाई बताए । अगाडि भने, भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।”पारदर्शितामा कुनै प्रश्न उठेमा आफूलाई सिधै सम्पर्क गर्न सबैलाई आग्रह गरे ।
कुलमानले कर्मचारीहरुलाई भने,नडराई काम गर्नुहोला, राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइनेछ। अहिलेको अवस्था हेरेर काम गर्नुहोस्, कसैप्रति पूर्वाग्रही हुनेछैन।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

नवलपरासी प्रशासनले रोक्यो रवि लामिछानेको चुनावी कार्यक्रम

अदालतको आदेश अटेर गर्ने मालपोत प्रमुखलाई जेल सजाय

क्रोनी क्यापिटलिज्म

१० प्रतिशत कमिसनको कुरा बाहिरिएपछि सडकमा खैलाबैला

जाँचबुझ आयोगको प्रतिवेदन चुनाव अगाडि नआउने

भ्रष्टाचार रोक्न सरकार चुक्दा अख्तियार मैदानमा उत्रिन्छ : राई

बिशेष