‘निर्वाचित सरकार निस्क्रिय भए पनि स्थायी सरकार आ-आफ्नो जिम्मेवारी पूरा गर्न लागौं’

निजामती कर्मचारीहरुले निर्वाचित सरकार निस्कृय भए पनि स्थायी सरकारका प्रतिनिधिहरूले आफूले सक्ने जिम्मेवारी पूरा गर्न लाग्नुपर्ने बताएका छन् । यस्का लागि प्रारम्भमा स्वतस्फूर्तरूपमा सिंहदरवारभित्रको भग्नावशेष र फोहोर हटाउन सामूहिक रुपमा आह्वान गरेका छन्,कर्मचारीहरुले ।

बिज्ञापन

उनीहरूले सामाजिक सञ्जालका विभिन्न ग्रुपहरूमा पोस्ट गर्दै सम्भव भएसम्म आआफ्नो मन्त्रालय, निकायमा उभिएर सफाइ अभियानमा खट्न आह्वान गरेका हुन् ।सार्वजनिक नीति संवाद नामक फोरममा कर्मचारीहरुले यस्तो आह्वान गरेका हुन । झण्डै साढे २४ हजार सदस्य रहेको सो फोरममा यस्तो आश्वान गरिएको हो ।

बिज्ञापन

अत्री अविरल उपनामले आफूले चिनाउने तिर्थराज चापागाईले  लेखेका छन्, सिंहदरबार भित्रका सबै कर्मचारीहरू सम्भव भएसम्म आआफ्नो मन्त्रालय, निकायमा उपस्थित भएर आजैबाट सफाइको काममा खटौँ। सिंहदरबारबाहिर निकायका कर्मचारीहरूले पनि परिस्थितिको मूल्याङकन गरेर फाइल, अभिलेख तथा कागजातहरूको सुरक्षा, संरक्षण गर्ने तथा आ आफ्नो कार्यालय सरसफाइमा आजैबाट खटौँ।

अगाडि आह्वान गरिएको छ,अत्यावश्यक सेवालाई सम्भव भएसम्म नियमित र सुचारू गर्ने गराउने पहल गरौँ। जेन्जीहरूको आक्रोस कुशासन र अकर्मन्यता विरुद्ध पनि हो। त्यसलाई आजैबाट फाल्ने र इमानदारी पूर्वक जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरौँ।

बिज्ञापन

कार्यालयसम्म आउँदा सम्भव हुनेहरूले पैदलै आऊँ। सरकारी सवारी साधनको प्रयोग नगरौँ। जोखिम हुनसक्छ, तोकिएको पोसाक भने नलगाऊ। तर आ आफ्नो कार्यालय जाऊँ र स्वस्फूर्तरूपमा खटिऊँ।

यस्तै, परिस्थितिको मूल्यांकन गरेर फाइल, अभिलेख र कागजातको सुरक्षा गर्न र आ-आफ्नो कार्यालय सफाइ गर्न आह्वान गरिएको छ ।
जेनजीको आन्दोलनका क्रममा सिंहदरबारका अधिकांश मन्त्रालयहरु खण्डहर बन्न पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

बिशेष