यस बर्षको निजामती पुरस्कार पाउने कर्मचारीको नाम किन गुपचुप ?

निजामती सेवा दिवसको अवसरमा आज ४० जना कर्मचारीलाई सम्मानित गरिँदै छ । अघिल्लो बर्ष घोषणा भएका उत्कृष्ट १० जना र निजामती पुरस्कारबाट ३० कर्मचारीलाई सम्मानित गरिँदैछ,बिहान नेपाल पुलिस क्लबमा ।

बिज्ञापन

सरकारले हरेक बर्ष निजामती सेवा दिवसको अवसरमा सर्वोत्कृष्ट,उत्कृष्ट र निजामती पुरस्कार पाउने कर्मचारीहरुको नाम सार्वजनिक गर्दे आएकोमा यस पटक सो नाम सार्वजनिक गरिएको छैन ।

बिज्ञापन

निजामती सेवा दिवसको अवसरमा अहिले कर्मचारीहरूले सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभातफेरी निकाल्दै छन् । बिहान सवा ७ मा प्रभातफेरी सुरु गर्ने र भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने बताइएको छ । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उत्कृष्ट काम गरेका १० कर्मचारीलाई जनही एक लाख रुपैयाँ राशिको दरले सम्मान गर्न लागिएको छ भने निजामती सेवा पुरस्कारबाट ३० जनालाई ५० हजार राशिको दरमा सम्मान गर्न कार्यक्रम राखिएको छ ।

यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि छनोट भएका कर्मचारीहरुले आगामी वर्षको निजामती सेवा दिवस मूल समारोहमा पुरस्कार तथा सम्मान पाउने छन् ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठक नबसेका कारण यस पटक निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट र निजामती पुरस्कारका छनोट भएका कर्मचारीको नाम सार्वजनिक गर्न नसकिएको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष