यस बर्षको निजामती पुरस्कार पाउने कर्मचारीको नाम किन गुपचुप ?

निजामती सेवा दिवसको अवसरमा आज ४० जना कर्मचारीलाई सम्मानित गरिँदै छ । अघिल्लो बर्ष घोषणा भएका उत्कृष्ट १० जना र निजामती पुरस्कारबाट ३० कर्मचारीलाई सम्मानित गरिँदैछ,बिहान नेपाल पुलिस क्लबमा ।

बिज्ञापन

सरकारले हरेक बर्ष निजामती सेवा दिवसको अवसरमा सर्वोत्कृष्ट,उत्कृष्ट र निजामती पुरस्कार पाउने कर्मचारीहरुको नाम सार्वजनिक गर्दे आएकोमा यस पटक सो नाम सार्वजनिक गरिएको छैन ।

बिज्ञापन

निजामती सेवा दिवसको अवसरमा अहिले कर्मचारीहरूले सिंहदरबारस्थिति संसद भवनअघिबाट प्रभातफेरी निकाल्दै छन् । बिहान सवा ७ मा प्रभातफेरी सुरु गर्ने र भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत हुने बताइएको छ । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष उत्कृष्ट काम गरेका १० कर्मचारीलाई जनही एक लाख रुपैयाँ राशिको दरले सम्मान गर्न लागिएको छ भने निजामती सेवा पुरस्कारबाट ३० जनालाई ५० हजार राशिको दरमा सम्मान गर्न कार्यक्रम राखिएको छ ।

यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि छनोट भएका कर्मचारीहरुले आगामी वर्षको निजामती सेवा दिवस मूल समारोहमा पुरस्कार तथा सम्मान पाउने छन् ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठक नबसेका कारण यस पटक निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट र निजामती पुरस्कारका छनोट भएका कर्मचारीको नाम सार्वजनिक गर्न नसकिएको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

८६ हजार निजामतीमा कोही भेटिएनन् पुरस्कार पाउन योग्य कर्मचारी

यस बर्षको निजामती पुरस्कार पाउने कर्मचारीको नाम किन गुपचुप ?

‘व्यवसायिक र तटस्थ निजामती- प्रभावकारी शासन प्रणाली’

“नागरिकले सेवा होइन,सेवाले नागरिक खोज्ने बेला आएको छ”

योग्यता प्रणालीलाई क्षयीकरण हुन नदिऔं

१४ उपसचिव,८ अधिकृतसहित ५० कर्मचारी सम्मानित

बीमा प्राधिकरणको अध्यक्षका आकाक्षी : पूर्व गृहसचिवदेखि डेपुटी गभर्नरसम्म

पाँच रोपनी सरकारी जग्गा मिचेर सञ्चालित लोयल्टी एकेडेमीमा चल्यो प्राधिकरणको डोजर

बिशेष