कर्मचारी प्रेसको समाचारपछि मन्त्रालय सक्रिय, सुईहरूको जिम्मेवारी फेरबदल

भौतिक पूर्वाधार मन्त्रालयले केही सहसचिवहरुलाई दोहोरो जिम्मेवारीबाट हटाएर जिम्मेवारविहिन सुइहरुलाई जिम्मेवारी दिएको छ ।

बिज्ञापन

मन्त्रालयमा दर्जनौं सहसचिवहरु जिम्मेवारीविहिन रहेको र सचिव,कर्मचारी प्रशासन फाँट तथा मन्त्रीका सचिवालयसँग नजिक रहेका कर्मचारीलाई दोहोरो जिम्मेवारी दिइएको बिषयमा कर्मचारी प्रेसले हिजो समाचार प्रकाशन गरेको थियो । सो सँगै मन्त्रालयले आफ्नो बदमासी करेक्सन गरेको हो ।

बिज्ञापन

समाचार प्रकाशन भए लगत्तै मन्त्रालयले दोहोरो जिम्मेवारीमा रहेका व्यक्तिहरूको जिम्मेवारी खोसेको छ। दोहोरो जिम्मेवारीमा रहेका अर्जुन अर्याल र दीप बराहीको जिम्मेवारी खोसिएको छ।  कर्मचारी प्रेसलाई प्राप्त भएको सूचनाअनुसार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका श्यामबहादुर खड्कालाई सहसचिव (उपमहानिर्देशक) का रूपमा सडक विभाग, सम्भार महाशाखामा तोकिएको छ।यस अगाडि उक्त जिम्मेवारी अर्जुन अर्यालले लिएका थिए।

यसैगरी, सूर्यविनायक–धुलिखेल सडक आयोजनाका ज्ञानेन्द्र कुमार झालाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतमा पठाइएको छ भने सञ्जय नेपाललाई पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयमा सरुवा गरिएको छ।

बिज्ञापन

 

विजय कुमार महतोलाई सूर्यविनायक–धुलिखेल सडक आयोजनामा कायम मुकायम प्रमुखको जिम्मेवारी दिइएको छ।

२०८२ जेठ ३१ गतेदेखि जिम्मेवार विहीन बनेका हरिकुमार पोखरेललाई गुणस्तर तथा अनुगमन महाशाखा क्युआरडिसीको जिम्मेवारी दिएको छ। यस अगाडि दीप बराहीले जिम्मेवारी लिएका थिए।

यो पनि पढ्नुहोस्

भौतिक मन्त्रालयमा कर्मचारी घोटाला: कसैलाई बेरोजगार, कसैलाई दुई–दुई जागिर !

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीमा विवाद सामाधान गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

बिशेष