यस्तो बन्यो अर्थमन्त्री बर्षमान पुनको ‘कोर टिम’,भन्सारमा निरौला,राजश्वमा तिवारी

अर्थमन्त्री बर्षमान पुनले अर्थका सहसचिवहरुलाई यता उता पारेका छन् । अगामी जेठ १५ गते सार्वजनिक गर्नु पर्ने आगामी आर्थिक वर्षको बजेट निर्माणका साथै वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको संघारमा अर्थमन्त्री बनेका वर्षमान पुन आफ्नो नयाँ टिम निर्माण गरेका हुन ।

बिज्ञापन

जस अनुसार बजेटको संघारमा अर्थमन्त्री पुनले अर्थ मातहतका दुई महत्वपूर्ण विभागको कमाण्डरहरु हेरफेर गरेका छन् । अघिल्लो साताको क्याविनेटले ५ सहसचिवहरुको सरुवा गरेको थियो । जसमा अर्थबाट दुई सहसचिव बाहिरिएका थिए । आन्तरिक राजश्व विभागको महानिर्देशक भुपाल बराललाई वन मन्त्रालयमा खटाइएको थियो । उक्त स्थानमा शिवलाल तिवारीलाई खटाइएको छ । तिवारी वन विभागबाट हालैमात्र अर्थमा इन्ट्री मारेका सहसचिव हुन । शिवलाल अफिसर हुँदा राजश्व,उपसचिव हुँदा लेखामा काम गरेका कर्मचारी हुन ।

बिज्ञापन

त्यसैगरी भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा पठाएर भन्सारको महानिर्देशकका रुपमा ढुण्डी प्रसाद निरौलालाई खटाइएको छ । यद्यपि ढुण्डिले उक्त ठाउँमा जाने इच्छा देखाएका छैनन् । उनी आफू मन्त्रालयमै बसेर काम गर्ने बताउँदै आएका छन् ।

यस्तै राजश्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखामा सारिएको छ भने यस अघि बजेटमा रहेका उत्तर कुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कनमा पठाइएको छ । यस्तै धनिराम शर्मालाई शाक्यलेह हेर्दै आएको राजश्व व्यवस्थापन महाशाखा प्रमुखमा राखिएको छ । यस्तै रामप्रसाद अचार्य पनि मन्त्रालयमा भित्रिएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

बिशेष