सिद्धि खोलामा सिटिजन्स बैंकको लगानी

सिटिजन्स बैंकले सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको जलविद्युत आयोजनामा एकल ऋण लगानी गर्ने भएको छ ।

बिज्ञापन

दश मेगावट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा बैंकले सबै ऋण लगानी गर्ने गरी प्रवर्द्धक कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कन्र्सोटियम(इन्फ्रास्ट्रक्चर बैंकिङ्ग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष राज नेपालीले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

परियोजनको अनुमानित लागत करिब एक अर्ब ७३ करोड (निर्माण अवधिको ब्याज बाहेक) मा बैंकले ७५ दशमलब २५ प्रतिशतको ऋण अर्थात् स्वपुँजी अनुपातमा एक अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ ।

निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवर्द्धकबाट स्वपुँजी जुटाइने जनाइएको छ । आयोजनाले आगामी साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

बिज्ञापन

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घण्टा र वर्षामा ४६।९११ गिगावाट घण्टा गरी वार्षिक ५५।७१६ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

कर्मचारीतन्त्रमा ठूलो रिफर्म प्रस्ताव: मुख्यसचिव २ वर्ष, सचिव ३ वर्ष र सहसचिव १० वर्ष पदावधि

उपसचिवको लिखित परीक्षा वैशाख तेस्रो सातादेखि, कुन सेवाको कहिले ?

फिल्म निर्माताको ठगी धन्दा,बल्ल परे प्रहरीको फन्दा

राजश्वका पूर्व महानिर्देशक अधिकारीलाई २५ लाख धरौटीमा छाड्न आदेश

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर,सब इन्जिनियर,लेखापालसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

बिशेष