सिद्धि खोलामा सिटिजन्स बैंकको लगानी

सिटिजन्स बैंकले सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको जलविद्युत आयोजनामा एकल ऋण लगानी गर्ने भएको छ ।

बिज्ञापन

दश मेगावट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा बैंकले सबै ऋण लगानी गर्ने गरी प्रवर्द्धक कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कन्र्सोटियम(इन्फ्रास्ट्रक्चर बैंकिङ्ग युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष राज नेपालीले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

परियोजनको अनुमानित लागत करिब एक अर्ब ७३ करोड (निर्माण अवधिको ब्याज बाहेक) मा बैंकले ७५ दशमलब २५ प्रतिशतको ऋण अर्थात् स्वपुँजी अनुपातमा एक अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ ।

निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवर्द्धकबाट स्वपुँजी जुटाइने जनाइएको छ । आयोजनाले आगामी साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

बिज्ञापन

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ८.८०५ गिगावाट घण्टा र वर्षामा ४६।९११ गिगावाट घण्टा गरी वार्षिक ५५।७१६ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५२ संवैधानिक पदाधिकारीको नियुक्ति विवाद: सर्वोच्च अदालतको निर्णय आज आउने

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

कितावखानाको सेवा अब ‘नागरिक एप’ मा : PIS प्रणाली पुनःसञ्चालन, सेवा डिजिटलरुपमा विस्तार

खतिवडाकाे गुनासाेः ‘छलफलमा कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारी आएनन्’

संघीय निजामती बिधेयकमा हेरफेर `सुनियोजित अपराध`: नारायणकाजी

संघीय निजामति बिधेयकमा बदमासी गर्नेलाई कारबाही हुनुपर्छ: प्रचण्ड

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

बिशेष