१० मन्त्रालयका सचिवहरु आज लेखा समितिमा

सार्वजनिक लेखा समितिको बैठकमा आज विभिन्न १० मन्त्रालयका सचिव र र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुँदैछ ।
बेरुजुको आयतन उच्च भएका अर्थ,भौतिक,शिक्षा,रक्षा,शहरी,उर्जा मन्त्रालयका सचिव तथा ती मातहतका विभागका प्रमुखहरुसँग अहिले विहान ११ बजेदेखि छलफल हुन लागेको हो ।

बिज्ञापन

सार्वजनिक लेखा समिति काम गर्न नसकेर पंगु बनेको,सत्ताको छायाँ बनेको कारण बेरुजुको भ्योल्युम अकाशिदैं गएको भन्दै आलोचित भइरहेको समयमा लेखा समितिले बेरुजुको उच्च भोल्युम भएका १० मन्त्रालय र ती मन्त्रालय मातहतका विभाग तथा कार्यालयका प्रमुखहरुसँग आज छलफल गर्न लागेको लेखा समितिले जनाएको छ ।

बिज्ञापन

यस अघि लेखा समितिले मुख्यसचिव एकनारायण अर्यालसहित दुई दर्जन बढी सचिवहरुलाई डाकेर बेरुजुको बिषयमा छलफल गरेको थियो ।

सो बैठकमा मुख्यसचिव एकनारायण अर्यालले कतिपय लेखापरीक्षकले बेरुजु देखाउनुलाई नै आफ्नो बहादुरी ठान्ने प्रवृत्तिले बेरुजुको भ्योल्यूम बढेदै गएको धारणा राखेका थिए । उनले ‘वीपी राजमार्गमा बाढीले बगाएको कामलाई पनि ‘खाएकै हुनुपर्छ’ भनेर बेरुजु निकाल्ने बहादुरी प्रवृत्तिले समस्या बढाउँदै लगेको’धारणा समितिको बैठकमा राखेका थिए । सो बैठकमा परराष्ट्र,शिक्षा,सञ्चार,कृषि,अख्तियार लगायतका मन्त्रालय तथा आयोगका सचिवहरुले आफ्नो धारणा राखेका थिए ।

बिज्ञापन

आजको बैठकमा बेरुजुको भोल्युम उच्च भएका मन्त्रालयका सचिव तथा ती मातहतका कार्यालय प्रमुखहरुसँग छलफल गर्न लागेको हो,समितिले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष