सार्वजनिक लेखा समितिको बैठकमा आज विभिन्न १० मन्त्रालयका सचिव र र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुँदैछ ।
बेरुजुको आयतन उच्च भएका अर्थ,भौतिक,शिक्षा,रक्षा,शहरी,उर्जा मन्त्रालयका सचिव तथा ती मातहतका विभागका प्रमुखहरुसँग अहिले विहान ११ बजेदेखि छलफल हुन लागेको हो ।
बिज्ञापन
सार्वजनिक लेखा समिति काम गर्न नसकेर पंगु बनेको,सत्ताको छायाँ बनेको कारण बेरुजुको भ्योल्युम अकाशिदैं गएको भन्दै आलोचित भइरहेको समयमा लेखा समितिले बेरुजुको उच्च भोल्युम भएका १० मन्त्रालय र ती मन्त्रालय मातहतका विभाग तथा कार्यालयका प्रमुखहरुसँग आज छलफल गर्न लागेको लेखा समितिले जनाएको छ ।
बिज्ञापन
यस अघि लेखा समितिले मुख्यसचिव एकनारायण अर्यालसहित दुई दर्जन बढी सचिवहरुलाई डाकेर बेरुजुको बिषयमा छलफल गरेको थियो ।
सो बैठकमा मुख्यसचिव एकनारायण अर्यालले कतिपय लेखापरीक्षकले बेरुजु देखाउनुलाई नै आफ्नो बहादुरी ठान्ने प्रवृत्तिले बेरुजुको भ्योल्यूम बढेदै गएको धारणा राखेका थिए । उनले ‘वीपी राजमार्गमा बाढीले बगाएको कामलाई पनि ‘खाएकै हुनुपर्छ’ भनेर बेरुजु निकाल्ने बहादुरी प्रवृत्तिले समस्या बढाउँदै लगेको’धारणा समितिको बैठकमा राखेका थिए । सो बैठकमा परराष्ट्र,शिक्षा,सञ्चार,कृषि,अख्तियार लगायतका मन्त्रालय तथा आयोगका सचिवहरुले आफ्नो धारणा राखेका थिए ।
बिज्ञापन
आजको बैठकमा बेरुजुको भोल्युम उच्च भएका मन्त्रालयका सचिव तथा ती मातहतका कार्यालय प्रमुखहरुसँग छलफल गर्न लागेको हो,समितिले ।


























