त्रिवि अध्यागमनबाट डेढ महिनामै तानिएका कोइरालाई गृहमन्त्रीद्धारा पुरस्कृत

त्रिवि अध्यागमनको नेतृत्व सम्हाल्न नसकेर डेढ महिनामै गृह मन्त्रालयमा तानिएका विष्णु प्रसाद कोइरालालाई गृह मन्त्री रमेश लेखकले पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी जिम्मेवारी दिएर खटाएका छन् । गृहका बरण्डामा अझैं आधा दर्जन सहसचिवहरु घाम तापिरहँदा मन्त्री लेखकले अध्यागमनमा कमजोर कार्यसम्पादनका कारण डेढ महिनामै मन्त्रालयमा तानिएका सहसचिव कोइरालालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर गुल्मी खटाएका हुन ।

बिज्ञापन

भिजिट भिषा प्रकरणको सेटिङ रोक्न असफल भएपछि कोइरालालाई खटाइएको महिना दिन नपुग्दै गृह मन्त्रालयमा फिर्ता तानिएको थियो ।

बिज्ञापन

उनी अघिका सहसचिव तिर्थ भट्टराईमाथि भिजिट भिसा प्रकरणमा जोडिएर अख्तियारमा राडरमा तानिएसँगै त्यहाँ गृहले जेठ ९ गते पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका कोइरालालाई विमानस्थल अध्यागमनमा ल्याएको थियो।
तर ४१ दिनमै कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट मन्त्रालयमा तानिएको थियो । गृहमा तानिएको ठ्याक्कै महिना दिन पछि कोइरालालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।
अध्यागमनबाट डेढ महिनामै गृहमा तानिएका कोइरालालाई पुरस्कृत गर्दै गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएसँगै गृह मन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीसँग लामो समयदेखि मन्त्रालयको जगेडामा रहेका सहसचिवहरू असन्तुष्ट बनेका छन् ।

गुल्मीमा अहिले हरि प्रसाद गैह्रे निमित्त प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष