त्रिवि अध्यागमनको नेतृत्व सम्हाल्न नसकेर डेढ महिनामै गृह मन्त्रालयमा तानिएका विष्णु प्रसाद कोइरालालाई गृह मन्त्री रमेश लेखकले पुरस्कृत गर्दै प्रमुख जिल्ला अधिकारी जिम्मेवारी दिएर खटाएका छन् । गृहका बरण्डामा अझैं आधा दर्जन सहसचिवहरु घाम तापिरहँदा मन्त्री लेखकले अध्यागमनमा कमजोर कार्यसम्पादनका कारण डेढ महिनामै मन्त्रालयमा तानिएका सहसचिव कोइरालालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर गुल्मी खटाएका हुन ।
बिज्ञापन
भिजिट भिषा प्रकरणको सेटिङ रोक्न असफल भएपछि कोइरालालाई खटाइएको महिना दिन नपुग्दै गृह मन्त्रालयमा फिर्ता तानिएको थियो ।
बिज्ञापन
उनी अघिका सहसचिव तिर्थ भट्टराईमाथि भिजिट भिसा प्रकरणमा जोडिएर अख्तियारमा राडरमा तानिएसँगै त्यहाँ गृहले जेठ ९ गते पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका कोइरालालाई विमानस्थल अध्यागमनमा ल्याएको थियो।
तर ४१ दिनमै कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट मन्त्रालयमा तानिएको थियो । गृहमा तानिएको ठ्याक्कै महिना दिन पछि कोइरालालाई गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ ।
अध्यागमनबाट डेढ महिनामै गृहमा तानिएका कोइरालालाई पुरस्कृत गर्दै गुल्मीको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएसँगै गृह मन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीसँग लामो समयदेखि मन्त्रालयको जगेडामा रहेका सहसचिवहरू असन्तुष्ट बनेका छन् ।
गुल्मीमा अहिले हरि प्रसाद गैह्रे निमित्त प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् ।