लोकसेवाबाट सिफारिस, नियुक्तिपछि बेकाम: सचिव सिग्देलको मौनता विवादास्पद

लोकसेवा आयोगमार्फत विज्ञापन प्रकाशित गरेर कर्मचारी मागिन्छ, आयोगले प्रतिस्पर्धी परीक्षामार्फत सिफारिस गर्छ, नियुक्तिपछि तलब–भत्तासमेत दिइन्छ। तर शहरी विकास मन्त्रालयले ती कर्मचारीहरूलाई महिनौँसम्म काममा खटाउन नसकेको भन्दै असन्तुष्टि चुलिएको छ। नियुक्त भएर बेरोजगारजस्तै बस्नुपरेको अवस्था अपमानजनक मात्र नभई शासकीय गैरजिम्मेवारीको घोतक भएको भन्दै प्रभावित कर्मचारीहरू आन्दोलित बन्न थालेका छन्। २० भन्दा बढी कर्मचारीहरू यसरी जिम्मेवारविहीन बनेका छन्।

बिज्ञापन

 

बिज्ञापन

“यदि जनशक्तिको आवश्यकता थिएन भने किन मागियो? र, नियुक्त गरिसकेपछि किन विना काम महिनौँ थन्काइन्छ?” एक कर्मचारीको प्रश्न छ। उनका अनुसार, कसैलाई दोहोरो जिम्मेवारी दिइन्छ, कसैलाई निमित्त पदभार, तर नियुक्त कर्मचारीलाई “बरुन्डाको पानी” झैँ बेवास्ता गरिन्छ।

 

बिज्ञापन

प्राविधिक तथा प्रशासनिक जनशक्तिको यस्ता दुरुपयोग र उपेक्षाविरुद्ध आवाज उठ्न थालेको छ। करारमा कर्मचारी झिक्ने, आन्तरिक घेरा बनाउने र नियुक्त जनशक्तिलाई काम नदिने प्रवृत्तिलाई नियोजित शासकीय खेल मानिएको छ।

 

“सुशासन भनेकै यस्तै हो भने हामी सडकमा उत्रन बाध्य हुनेछौँ”, उनीहरू भन्छन्, “कुलिङ अफ पिरियडको नियम तोड्ने उच्च प्रशासकहरूलाई मौन समर्थन गर्ने अनि लोकसेवाबाट नियुक्त कर्मचारीलाई उपेक्षा गर्ने? यही हो त समानता?”

 

यस्तो संवेदनशील विषयमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल भने मौन छन्। यसले शंका थपेको छ कि मन्त्रालयको वर्तमान संरचना र निर्णय प्रक्रियाभित्र गम्भीर कमजोरी छ, जसले सुशासनका दाबीलाई झुट सावित गरिरहेको छ।

 

आफ्ना जायज मागप्रति सरकार र सम्बन्धित मन्त्रालयले बेवास्ता गरेकाले अब आन्दोलनको बाटो रोज्नुपर्ने बाध्यता सिर्जना भएको प्रभावित कर्मचारीहरूको भनाइ छ। उनीहरूले स्पष्ट रूपमा चेतावनी दिएका छन्, “अब धर्ना र दबाबबिना न्याय आउनेवाला छैन।”

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष