सात हजार घुस खाने कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यातायात व्यवस्था कार्यालय, कास्कीका कर्मचारी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

बिज्ञापन

गत असार ३१ गते आयोगको पोखराबाट खटिएको टोलीले सो कार्यालयका पिएन पौडेललाई सात हजार रुपैयाँ घुससहित समातेको थियो । अख्तियारको कार्यालय पोखराबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

बिज्ञापन

सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने, लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस,रिसवत लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सेवाग्राहीलाई दुख दिएको भन्दै उजुरी परेपछी अख्तियार कार्यालय पोखराले कार्यालय सहयोगी पौडेल निगरानीमा राख्दै आएको थियो । उनले एक सेवाग्राहीसङ्ग नगद ७ हजार लिइसकेको अबस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियारले तीन साता पछि विशेषमा मुद्धा लगेको हो ।
कार्यालयका अनुसार उनी पछिल्लो तीन बर्षदेखि करार सेवामा कार्यरत भए पनि लाइसेन्सको लिखित र ट्रायल परिक्षामा सामेल हुँद आएका थिए । अनुसन्धानको क्रममा उनले लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिने भनि घुस लिएको खुलेको अभियोग पत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम सात हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीलाई कैद र जरिवाना तोक्न अख्तियारले माग गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवा हुन चाहने कर्मचारीले साउन मसान्तभित्रै आवेदन दिनुपर्ने

उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायधीश सिफारिस

मन्त्री बलराम अधिकारीलाई तत्काल बर्खास्त नगरे संघर्षमा उत्रिने चेतावनी

संघले खटाएका उपसचिवलाई प्रदेशले दिएन जिम्मेवारी

बागमतीमा सरकारले दियो आइतबार सार्वजनिक बिदा

लोकसेवाबाट सिफारिस, नियुक्तिपछि बेकाम: सचिव सिग्देलको मौनता विवादास्पद

‘अब कर्मचारी सरुवा विधि प्रक्रियाबाटै हुन्छ, मन्त्री- सचिवको भनसुन चल्दैन्’

चौंथोदेखि छैटौं तहका ८१ कर्मचारीको सरुवा

बिशेष