२० गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ८५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । सरुवाको सूची केलाउँदा २० वटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । २२ जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएर केहीलाई जिसस तिर पुर्याइएको छ ।

बिज्ञापन

शुक्रबारको निर्णय अनुसार ती अधिकृतहरुको सरुवा गरिएको हो । सरुवाको सूची अनुसार,१५ अधिकृतहरु उद्योगमा भित्रिएका छन् ।

बिज्ञापन

यस्तै ८ जना निर्वाचन आयोग,तीन जना लोकसेवा आयोगमा पुगेका छन् । अर्थ मन्त्रालयमा ४ जना अधिकृतहरु भित्रिएका छन् ।

सरुवाको सूची अनुसार २२ वटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर भएका छन् । सूची अनुसार विज्ञान पौडेललाई मर्स्याङ्दी गाउँपालिका,परशुराम उपाध्यायलाई जानकी गाउँपालिका,विज्ञापन वोर्डबाट विमल रिजाललाई ताराखोला गाउँपालिका,सुनिल केशरीलाई विश्रामपुर गाउँपालिका,राकेश ओझालाई त्यहाँबाट फेटा गाउँपालिका खटाइएको छ । गृहबाट भानुभक्त भट्ट पुर्चौडी,राजु नेपाल पूर्वखोला,पूर्वखोलाबाट राजु नेपाललाई माथागढी पाल्पा पठाइएको छ ।

बिज्ञापन

यस्तै थाक्रेबाट बमबहादुर केसीलाई नारायण नगरपालिका दैलेख,बुद्धशान्तीबाट विनोद पोखरेललाई बकैया,मकवानपुरमा पुर्याइएको छ । सिद्ध कुमार गाउँपालिकाबाट डिल्ली खड्कालाई सिस्ने गाँउपालिका रुकुम पुर्याइएको छ । एकडाराबाट रामजी जोशी कौडेना सर्लाही,सामान्यको अतिरिक्त समूहमा रहेका रणजित कुमार यादवलाई जलेश्वर गाउँपालिका,देवघाटबाट जगत बस्नेत रोहिणी गाउँपालिका,रुपन्देही सरुवा भएका छन् ।

लुङ्ग्री गाउँपालिकाबाट कृष्ण प्रसाद मरासिनीलाई कालिगण्डकी गाउँपालिका,राप्रसाद गाउँपालिकाबाट राजेश दाहाल रावावेशी,डिलाशैनीबाट देवराज चौधरीलाई स्वामी कार्तिक खापर,कालिका तिम्सिनालाई मायादेवीबाट देवघाटमा लगिएको छ ।

यस्तै,धनकौलबाट नरेन्द्र यादब मायादेवी पुगेका छन् भने माडी रोल्पाबाट जोखिम वलीलाई बबई दाङ,बोरेकोट जाजरकोटबाट दिपेन्द्र कँडेललाई सिद्ध कुमाख,सम्सी महोत्तरीबाट राजिब कुमार झालाई सोनमामा सारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष