२० गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ८५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । सरुवाको सूची केलाउँदा २० वटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । २२ जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारीबाट हटाएर केहीलाई जिसस तिर पुर्याइएको छ ।

बिज्ञापन

शुक्रबारको निर्णय अनुसार ती अधिकृतहरुको सरुवा गरिएको हो । सरुवाको सूची अनुसार,१५ अधिकृतहरु उद्योगमा भित्रिएका छन् ।

बिज्ञापन

यस्तै ८ जना निर्वाचन आयोग,तीन जना लोकसेवा आयोगमा पुगेका छन् । अर्थ मन्त्रालयमा ४ जना अधिकृतहरु भित्रिएका छन् ।

सरुवाको सूची अनुसार २२ वटा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु हेरफेर भएका छन् । सूची अनुसार विज्ञान पौडेललाई मर्स्याङ्दी गाउँपालिका,परशुराम उपाध्यायलाई जानकी गाउँपालिका,विज्ञापन वोर्डबाट विमल रिजाललाई ताराखोला गाउँपालिका,सुनिल केशरीलाई विश्रामपुर गाउँपालिका,राकेश ओझालाई त्यहाँबाट फेटा गाउँपालिका खटाइएको छ । गृहबाट भानुभक्त भट्ट पुर्चौडी,राजु नेपाल पूर्वखोला,पूर्वखोलाबाट राजु नेपाललाई माथागढी पाल्पा पठाइएको छ ।

बिज्ञापन

यस्तै थाक्रेबाट बमबहादुर केसीलाई नारायण नगरपालिका दैलेख,बुद्धशान्तीबाट विनोद पोखरेललाई बकैया,मकवानपुरमा पुर्याइएको छ । सिद्ध कुमार गाउँपालिकाबाट डिल्ली खड्कालाई सिस्ने गाँउपालिका रुकुम पुर्याइएको छ । एकडाराबाट रामजी जोशी कौडेना सर्लाही,सामान्यको अतिरिक्त समूहमा रहेका रणजित कुमार यादवलाई जलेश्वर गाउँपालिका,देवघाटबाट जगत बस्नेत रोहिणी गाउँपालिका,रुपन्देही सरुवा भएका छन् ।

लुङ्ग्री गाउँपालिकाबाट कृष्ण प्रसाद मरासिनीलाई कालिगण्डकी गाउँपालिका,राप्रसाद गाउँपालिकाबाट राजेश दाहाल रावावेशी,डिलाशैनीबाट देवराज चौधरीलाई स्वामी कार्तिक खापर,कालिका तिम्सिनालाई मायादेवीबाट देवघाटमा लगिएको छ ।

यस्तै,धनकौलबाट नरेन्द्र यादब मायादेवी पुगेका छन् भने माडी रोल्पाबाट जोखिम वलीलाई बबई दाङ,बोरेकोट जाजरकोटबाट दिपेन्द्र कँडेललाई सिद्ध कुमाख,सम्सी महोत्तरीबाट राजिब कुमार झालाई सोनमामा सारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष