प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ । प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार दुई आर्थिक बर्षको खर्च तुलना गर्दा प्रचण्ड भन्दा ओली प्रधानमन्त्री हुँदा २ करोड ६ लाख ६४ हजार ३५३ रूपैयाँ ८० पैसा कार्यालयको खर्च कम भएको विवरण निस्किएको छ ।

बिज्ञापन

प्रचण्ड प्रधानमन्त्री हुँदा आव २०८०/०८१ मा कार्यालय खर्च ६ करोड २१ लाख ३५ हजार १२७ रूपैयाँ भएको थियो । गत आर्थिक वर्ष २०८१/०८२ मा ओलीको कार्यालय खर्च ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ ५० पैसा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गत आवमा ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ खर्च भएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त साउन १ देखि गएको असार मसान्तसम्ममा प्रधानमन्त्री कार्यालयमा ४ करोड १४ लाख खर्च गरेको विवरण सार्वजनिक भएको छ ।

बिज्ञापन

हालैमात्र एक दैनिक पत्रिकामा प्रधानमन्त्री र मन्त्रीका ‘स्वकीय’को तलबमै मासिक ६३ लाख खर्च भइरहेको विवरण सार्वजनिक भएको थियो । प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीका स्वकीय सचिवालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको र उनीहरुको तलब भत्तामा मात्र मासिक ६३ लाख र बार्षिक सात करोड ५६ लाख भइरहेको विवरण सार्वजनिक भएसँगै प्रधानमन्त्री कार्यालयले त्यसलाई काउन्टर दिँदै प्रचण्ड प्रधानमन्त्री हुँदाभन्दा ओली प्रधानमन्त्री हुँदा सचिवलायको खर्च बार्षिक २ करोड ६ लाख कम भएको विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, सचिवालयले बार्षिक २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको विवरण सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयले उपलव्ध गराएको विवरण अनुसार,आर्थिक वर्ष २०८०/८१ मा पारिश्रमिक शीर्षकमा २ करोड ४० लाख २६ हजार रूपैयाँ खर्च भएकोमा ओलीको पालामा एक करोड ६४ लाख ६० हजार रूपैयाँमात्रै खर्च भएको छ ।

यस्तै प्रचण्ड प्रधानमन्त्री हुँदाको वर्षभन्दा ओली प्रधानमन्त्री हुँदाको वर्ष पारिश्रमिकमा ७५ लाख ६६ हजार रुपैयाँ कम खर्च भएको छ ।

त्यस्तै, इन्धन खर्चमा पनि उल्लेख्य कमी आएको छ । प्रचण्डको पालामा ७३ लाख ८१ हजार इन्धन खर्च भएकोमा ओली प्रधानमन्त्री हुँदाको आव २०८१/८२ मा १४ लाख ९८ हजार खर्च भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यस शीर्षकमा ५८ लाख ८३ हजार रुपैयाँ कम खर्च भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सवारी साधन मर्मत खर्चमा २ लाख २७ हजार कम खर्च भएको छ । आव २०८०/०८१ मा सवारी साधन मर्मत खर्चमा ५९ लाख ५० हजार खर्च भएकोमा आव २०८१/०८२ मा ५७ लाख २२ हजार भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष