प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ । प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार दुई आर्थिक बर्षको खर्च तुलना गर्दा प्रचण्ड भन्दा ओली प्रधानमन्त्री हुँदा २ करोड ६ लाख ६४ हजार ३५३ रूपैयाँ ८० पैसा कार्यालयको खर्च कम भएको विवरण निस्किएको छ ।

बिज्ञापन

प्रचण्ड प्रधानमन्त्री हुँदा आव २०८०/०८१ मा कार्यालय खर्च ६ करोड २१ लाख ३५ हजार १२७ रूपैयाँ भएको थियो । गत आर्थिक वर्ष २०८१/०८२ मा ओलीको कार्यालय खर्च ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ ५० पैसा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा गत आवमा ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ खर्च भएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त साउन १ देखि गएको असार मसान्तसम्ममा प्रधानमन्त्री कार्यालयमा ४ करोड १४ लाख खर्च गरेको विवरण सार्वजनिक भएको छ ।

बिज्ञापन

हालैमात्र एक दैनिक पत्रिकामा प्रधानमन्त्री र मन्त्रीका ‘स्वकीय’को तलबमै मासिक ६३ लाख खर्च भइरहेको विवरण सार्वजनिक भएको थियो । प्रधानमन्त्री केपी ओलीसहित मन्त्रीका स्वकीय सचिवालयमा कम्तीमा २०० कर्मचारी कार्यरत रहेको र उनीहरुको तलब भत्तामा मात्र मासिक ६३ लाख र बार्षिक सात करोड ५६ लाख भइरहेको विवरण सार्वजनिक भएसँगै प्रधानमन्त्री कार्यालयले त्यसलाई काउन्टर दिँदै प्रचण्ड प्रधानमन्त्री हुँदाभन्दा ओली प्रधानमन्त्री हुँदा सचिवलायको खर्च बार्षिक २ करोड ६ लाख कम भएको विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, सचिवालयले बार्षिक २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको विवरण सार्वजनिक गरेको हो ।

बिज्ञापन

प्रधानमन्त्री कार्यालयले उपलव्ध गराएको विवरण अनुसार,आर्थिक वर्ष २०८०/८१ मा पारिश्रमिक शीर्षकमा २ करोड ४० लाख २६ हजार रूपैयाँ खर्च भएकोमा ओलीको पालामा एक करोड ६४ लाख ६० हजार रूपैयाँमात्रै खर्च भएको छ ।

यस्तै प्रचण्ड प्रधानमन्त्री हुँदाको वर्षभन्दा ओली प्रधानमन्त्री हुँदाको वर्ष पारिश्रमिकमा ७५ लाख ६६ हजार रुपैयाँ कम खर्च भएको छ ।

त्यस्तै, इन्धन खर्चमा पनि उल्लेख्य कमी आएको छ । प्रचण्डको पालामा ७३ लाख ८१ हजार इन्धन खर्च भएकोमा ओली प्रधानमन्त्री हुँदाको आव २०८१/८२ मा १४ लाख ९८ हजार खर्च भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यस शीर्षकमा ५८ लाख ८३ हजार रुपैयाँ कम खर्च भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सवारी साधन मर्मत खर्चमा २ लाख २७ हजार कम खर्च भएको छ । आव २०८०/०८१ मा सवारी साधन मर्मत खर्चमा ५९ लाख ५० हजार खर्च भएकोमा आव २०८१/०८२ मा ५७ लाख २२ हजार भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बलराम अधिकारी मन्त्री पदमै रहँदा अख्तियारलाई बयान लिन सकस

सरकारी गाडी पार्टीका नेताहरुलाई उपहार

अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

तीर्थराज चिलुवाल राजश्व अनुसन्धान विभागको महानिर्देशकमा नियुक्त

प्रचण्ड भन्दा ओलीको सचिवालयको खर्च २ करोडले कम

अब पूर्व योग्यता परीक्षा पास गरेपछि मात्र खरिदारको परीक्षा दिन पाइने

रन्जिताले दिइनन् स्पष्टीकरण

नेपाल इन्भेष्टमेन्टबैंकविरुद्ध एनभिएले गर्यो आन्दोलनको घोषणा,१५ संघ-संस्थाको एक्येवद्धता

बिशेष