रजिष्ट्रारसहित दुई अधिकृतमाथि विभागीय कारवाही,१० सुव्वा,१५ अधिकृतसहित ३१ कर्मचारीको सरुवा

पत्रकारलाई नगद घुसको प्रलोभन लिने तीन कर्मचारीमाथि विभागीय कारवाही शुरु भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र दुई शाखा अधिकृतलाई पदीय जिम्मेवारीबाट हटाई विभागीय कारवाही प्रक्रिया अगाडि बढाइएको हो ।

बिज्ञापन

कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरी र शाखा अधिकृतद्धय रविन कार्की र भीमप्रसाद पराजुलीले जिम्मेवारीबाट हटाइ विभागीय कारवाही गर्न मुख्य सचिव एकनारायण अर्यालले निर्देशन दिएका हुन । विभागीय कारवाही गर्न लागिएका दुई अधिकृत यस अघि सरुवा परिसकेका कर्मचारीहरु हुन । यस अघि गत सोमबारमात्र कम्पनी रजिष्टार्डको कार्यालयका ३१ कर्मचारी सरुवामा परेका थिए । मन्त्रालयले कार्यालय सहयोगीदेखि उपसचिव तहका गरी ३१ कर्मचारीको एकै लटमा सरुवा गरेको थियो ।

बिज्ञापन

यसरी सरुवामा परेका कर्मचारीहरुमाथि विभागीय कारवाही गर्नुपर्ने थियो तर मन्त्रालयले अन्यन्त्र सरुवा गरेर चोख्याउन खोजेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबारको निर्णय अनुसार उपसचिव भुवन भण्डारीसहित शाखा अधिकृत नृपराज उपाध्याय,संगीता चौलागाई,लोकराज खत्री,अनुस आचार्य,सरोज भट्ट,कनैयाकुमार मिश्र,रमेश सिंह भण्डारी,भीमप्रसाद पराजुली,रविन कार्की,रेशम भण्डारी,शैलेस यादव,सुमन भट्टराई,राजकुमार शाही,विनोद चौधरी,कृष्णकुमार खड्का,शेरबहादुर वयक,सुनिल चौलागाईहरुलाई उपभोक्ता हित तथा संरक्षण विभागमा कामकाज सरुवा गरिएको हो ।

यस्तै,बद्री प्रसाद अधिकारी,नवराज रिमाल,शिवबहादुर थापा,जयराम प्रसाद गौतम,शुभद्रा पौडेल र सविता च्यामे सरुवामा परेका हुन । सरुवाको सूची अनुसार,कार्यालय सहयोगी पाँच जना,१० जना नासु र अधिकृतहरु १५ जना गरी ३१ जना रहेका छन् । कार्यालयको सिस्टम डाउन गरी सेवाग्राहीसँग खुलेआम घुस असुल्ने ती कर्मचारीहरुलाई कारवाही नगरी सरुवा गरेर चोख्याउने खेल सुरु भएको हो ।

बिज्ञापन

यी कर्मचारीको मिलेमतोमा सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा छानबिन समिति समेत गठन भएको थियो । सोही छानबिन समितिको प्रतिवेदनका आधारमा उनीहरुको सरुवाको निर्णय भएको हो ।

‘सो सिफारिस समितिको सिफारिस प्रतिवेदन समेतका आधारमा कम्पनी रजिस्ट्रारको कार्यालयमा कार्यरत कम्प्युटर निर्देशक, शाखा अधिकृत, नायब सुब्वा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसहित जम्मा ३१ जना कर्मचारीहरूलाई कम्पनी रजिस्ट्रार कार्यालयबाट अन्यत्र निकायमा कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,इन्जिनियरदेखि मेयरसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

बिशेष