सब इञ्जिनियर सेवाबाटै बर्खास्त

९ महिनादेखि कार्यालयमा अनुपस्थित रहेकी एक सब इञ्जिनियर अन्तत सेवाबाटै बर्खास्त भएकी छिन् ।  सडक विभागकी सब–इञ्जिनियर अस्मिता गुरागाईंलाई कारवाही गर्दै सेवाबाटै बर्खास्त गरिएको हो ।  पुलमा पदाधिकार रहेकी नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहमा सब इन्जिनियर पदमा कार्यरत  गुरागाईं (कर्मचारी संकेत नम्बर २४८७७९०) लाई यस अघि महिना दिन भित्र विभागसमक्ष चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न अन्यथा सरकारी सेवाबाट हटाइने सूचनामार्फत जानकारी गराएको थियो तर चित्त बुझ्दो जबाफ नदिएपछि उनलाई सेवाबाटै बर्खास्त गरिएको हो ।

बिज्ञापन

विभागका अनुसार सब इञ्जिनियर गुरागाईले ५७ दिनको सञ्चित स्वीकृत गराएर गत बर्ष कार्तिक ४ देखी सडक विभागमा हाजिर हुनुपर्नेमा विना सूचना अनुपस्थित रहँदै आएकी थिइन ।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएको विभागले जनाएको छ ।

बिज्ञापन

सूचनामा भनिएको छ, ‘सडक विभाग पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्रा) सब–इन्जिनियर अस्मिता गुरागाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

बिशेष