सरकारले ९ जना सचिवहरुको सरुवा गरेको छ । सचिव सरुवाको सूची अनुसार, राजश्व सचिव भुपाल बराललाई गण्डकी प्रदेशमा सरुवा गरेको छ । यस अघि गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा परेसँगै रिक्त रहेको प्रदेशको मुख्य सचिवमा यस अघि प्रदेशमा ६ महिना बिताएर संघमा फर्किएका बराललाई दोह्रोएर प्रदेशमा खटाइएको हो । प्रदेश कम बसेका सचिवमा शोभाकान्त पौडेलको नाम अग्रपक्तिंमा आउँछ । उनी २१ दिनमै प्रदेशमा बसेर संघमा फर्किएका कर्मचारी हुन । हाल अर्थ मातहतको महालेखा नियन्त्रक रहेका उनलाई प्रदेशमा नपठाइ यस अघि ०८२ जेठ १९ गतेदेखि २०८२ मंसिर सम्म प्रदेश बसेर राजस्व सचिवको भूमिकामा संघमा फर्किएका बराललाई दोह्राएर प्रदेशमा खटाएको हो ।
बिज्ञापन
सरकारले एक मन्त्रालयमा एक सचिव राख्ने नीति अनुसार राजश्व सचिव बराललाई प्रदेशमा खटाएको जनाएको छ । यसका अलवा सरकारले अन्य आधा दर्जन सचिवहरुको समेत जिम्मेवारी हेरफेर गरेको छ । जसमा चिरञ्जिवी चटौतलाई उर्जाबाट नेपाल ट्रस्ट, सामान्यबाट चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय,सार्वजनिक खरिदका हरि मैनालीलाई प्रधानमन्त्री कार्यालयको जगेडा,यस्तै नेपाल ट्रष्टबाट प्रमिला बज्राचार्यलाई शिक्षा,स्वास्थ्यका डिल्लीराम शर्मा,युवा खेलकुदका लोकनाथ पौडेल,वनका गोविन्द शर्मालाई पनि प्रधानमन्त्री कार्यालय नै लगिएको छ । यस्तै उपराष्ट्रपति कार्यालयमा तैनाथ कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा थन्काइएको छ ।






























