९ महिनादेखि कार्यालयमा अनुपस्थित रहेकी एक सब इञ्जिनियर अन्तत सेवाबाटै बर्खास्त भएकी छिन् । सडक विभागकी सब–इञ्जिनियर अस्मिता गुरागाईंलाई कारवाही गर्दै सेवाबाटै बर्खास्त गरिएको हो । पुलमा पदाधिकार रहेकी नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहमा सब इन्जिनियर पदमा कार्यरत गुरागाईं (कर्मचारी संकेत नम्बर २४८७७९०) लाई यस अघि महिना दिन भित्र विभागसमक्ष चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न अन्यथा सरकारी सेवाबाट हटाइने सूचनामार्फत जानकारी गराएको थियो तर चित्त बुझ्दो जबाफ नदिएपछि उनलाई सेवाबाटै बर्खास्त गरिएको हो ।
बिज्ञापन
विभागका अनुसार सब इञ्जिनियर गुरागाईले ५७ दिनको सञ्चित स्वीकृत गराएर गत बर्ष कार्तिक ४ देखी सडक विभागमा हाजिर हुनुपर्नेमा विना सूचना अनुपस्थित रहँदै आएकी थिइन ।
बिज्ञापन
निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएको विभागले जनाएको छ ।
बिज्ञापन
सूचनामा भनिएको छ, ‘सडक विभाग पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाईवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्रा) सब–इन्जिनियर अस्मिता गुरागाईंलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ ।’