पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको तालाबन्दी आज खुलेको छ ।

बिज्ञापन

रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्ड सम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम सहित २८ जना जनप्रतिनिधिले यस विषयमा विरोध जनाउँदै आएका थिए । रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम”मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधिहरूले कडा असन्तुष्टि जनाउँदै तालाबन्दी समेत गरिएको थियो प्रमुख प्रशाकीय अधिकृत र पालिका अध्यक्षको कार्यकक्षमा गत असार ३० गतेदेखि ।

बिज्ञापन

सो पालिकामा रुरुक्षेत्रमा असार ३० गते एमाले रुरुक्षेत्र गाउँ कमिटीले तालाबन्दी गरेको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली सहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका थिए ।

बिज्ञापन

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकीय अधिकृत छन् लक्ष्मण पाण्डे । यी दुबैको कार्यकक्षमा लगाइएको तालाबन्दी आज खुलेको हो । जिल्ला सुरक्षा समिति गुल्मीको निर्णयअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मीले सुरक्षा प्रदान गरेर रुरुक्षेत्र गाउँपालिकाका कर्मचारीले तालाबन्दी खोलेका हुन् ।

यस विषयमा शुक्रबारमात्रै सो तालाबन्दी खोल्न जिल्लामा क्रियाशील ४ वटा कर्मचारीका संगठनले माग गरेका थिए । कर्मचारी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दैनिक प्रशासनिक सेवा प्रभावित भएपछि सर्वसाधारणको जीवन कष्टकर भएको भन्दै कर्मचारी संगठनहरूले यस्तो कार्य सिभिल सेवा ऐन २०४९ तथा बमोजिम साउन १ गतेदेखि लागू हुने तलब वृद्धि निर्णय कार्यान्वयनमा समेत बाधक भएको जिल्लास्थित क्रियाशिल कर्मचारी युनियनहरुको आरोप छ ।

उनीहरुले तलब वृद्धि कार्यान्वयन रोकिँदा राष्ट्रसेवक कर्मचारीहरूको मनोबलमा गम्भीर असर पुगेको र विकासमा समेत प्रतिकूल असर परेको दावी गर्दै आपत्ति नै जनाएका थिए ।

रुरुक्षेत्र गाउँपालिकाका प्रवक्ता हरिप्रसाद ज्ञवालीले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार ताला सुरक्षाकर्मीले ताला खोलेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

बिशेष