त्रिवि अध्यागमनको सेटै परिवर्तन गर्ने तयारी, सहसचिवद्धय पछि ४५ अधिकृत हेरफेर गरिँदै

गृह मन्त्रालयले ५४ दिनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानेको छ ।

बिज्ञापन

गत जेठ पहिलो साता गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मन्त्रालयमा तानेर पाँचथरको प्रमुख जिल्ला अधिकारी रहेका कोइरालालाई अध्यागनमा खटाइएकोमा ५४ दिनमै उनलाई मन्त्रालयमा तानेर नरहरि घिमिरेलाई खटाइएको छ । घिमिरेलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट तानेर त्रिवि अध्यागमनमा खटाइएको छ । गृह भित्रनु अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका थिए ।
गृह मन्त्रालयले अध्यागमन कार्यालयको प्रमुख समेत परिवर्तन गरेको छ । ९ महिनामै महानिर्देशक गोविन्द रिजाललाई मन्त्रालयमा तानेर त्यहाँ रामचन्द्र तिवारीलाई खटाएको छ । यस्का अलवा गृह मन्त्रालयले अध्यागमनको सेट नै व्यापक हेरफेर गर्ने तयारी गरेको छ ।

बिज्ञापन

भिजिट भिसा प्रकरण जारी रहेपछि त्यसलाई रोक्नका लागि सेटै परिवर्तन गर्ने मन्त्रालयले तयारी गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै लोकसेवा उत्र्तिण भएका ४५ शाखा अधिकृतहरुलाई गृहमा पठाएको छ । गृहले हिजै उनीहरुलाई त्रिवि अध्यागमनमा खटाएको छ । ती नयाँ अधिकृतहरुलाई तालिम दिएर जिम्मेवारीमा खटाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।

त्रिवि अध्यागमनमा ६ उपसचिव,१ सय २१ जनाको अधिकृतको दरबन्दी रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष