त्रिवि अध्यागमनको सेटै परिवर्तन गर्ने तयारी, सहसचिवद्धय पछि ४५ अधिकृत हेरफेर गरिँदै

गृह मन्त्रालयले ५४ दिनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानेको छ ।

बिज्ञापन

गत जेठ पहिलो साता गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई मन्त्रालयमा तानेर पाँचथरको प्रमुख जिल्ला अधिकारी रहेका कोइरालालाई अध्यागनमा खटाइएकोमा ५४ दिनमै उनलाई मन्त्रालयमा तानेर नरहरि घिमिरेलाई खटाइएको छ । घिमिरेलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट तानेर त्रिवि अध्यागमनमा खटाइएको छ । गृह भित्रनु अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका थिए ।
गृह मन्त्रालयले अध्यागमन कार्यालयको प्रमुख समेत परिवर्तन गरेको छ । ९ महिनामै महानिर्देशक गोविन्द रिजाललाई मन्त्रालयमा तानेर त्यहाँ रामचन्द्र तिवारीलाई खटाएको छ । यस्का अलवा गृह मन्त्रालयले अध्यागमनको सेट नै व्यापक हेरफेर गर्ने तयारी गरेको छ ।

बिज्ञापन

भिजिट भिसा प्रकरण जारी रहेपछि त्यसलाई रोक्नका लागि सेटै परिवर्तन गर्ने मन्त्रालयले तयारी गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै लोकसेवा उत्र्तिण भएका ४५ शाखा अधिकृतहरुलाई गृहमा पठाएको छ । गृहले हिजै उनीहरुलाई त्रिवि अध्यागमनमा खटाएको छ । ती नयाँ अधिकृतहरुलाई तालिम दिएर जिम्मेवारीमा खटाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।

त्रिवि अध्यागमनमा ६ उपसचिव,१ सय २१ जनाको अधिकृतको दरबन्दी रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्काे मन्त्रीले ३२ लाख घुस लिएको अडियो सार्वजनिक,सचिव समेत मुछिए

एमालेनिकट कर्मचारी संगठनका नेता प्रसाईं घुस प्रकरणमा दोषी ठहर

स्थानीय सेवा ऐन संशोधन गर्न बनेको विधेयक सर्वसहमतले पारित

त्रिवि अध्यागमनको सेटै परिवर्तन गर्ने तयारी, सहसचिवद्धय पछि ४५ अधिकृत हेरफेर गरिँदै

संघीय निजामती विधेयकमा २ साउनसम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने

भोलि साउने संक्रान्ति,कर्णाली प्रदेशमा सार्वजनिक बिदा

एमालेका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

क्याविनेटका २९ निर्णय : नियुक्ति, सरुवा,बढुवादेखि ओएण्ड एम स्वीकृतिसम्म

बिशेष