प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले सोमबारको निर्णय अनुसार ती उपसचिवहरुको सरुवा गरेको जनाएको छ ।जसमध्ये प्रशासन सेवाका पाँच,शिक्षा सेवाका एक,प्राविधिक तीन,वन र विविध सेवाका कर्मचारीहरु रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,वन तथा वातावरण मन्त्रालयबाट छविलाल सुवेदीलाई परराष्ट्र मन्त्रालयमा लगिएको छ भने सुमना अर्याललाई भूमि मन्त्रालयबाट वनमा ल्याइएको छ ।
यस्तै,सञ्चारबाट सुरज प्रकाश अर्याल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,परराष्ट्रबाट कर्ण प्रसाद तिमिल्सिनालाई अर्थमा,जल तथा मौसम विज्ञान विभागबाट सन्त कुमार महर्जनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ ।
सूची अनुसार,सार्क आर एस यू त्रिपुरेश्वरबाट चेत नारायण खरेललाई वन तथा वातावरण मन्त्रालय,उर्जा जलश्रोत मन्त्रालयबाट कल्प मोहन सोतीलाई राष्ट्रिय सतर्कता केन्द्रमा लगिएको छ । शिक्षा मन्त्रालयबाट विश्वास रोका राष्ट्रिय युवा परिषद्मा पठाइएको छ ।
यस्तै,महेन्द्र चौधरीलाई वन तथा वातावरण मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा खटाइएको छ भने कृष्ण व्याञ्जुलाई राष्ट्रिय योजना आयोग र जिसस म्याग्दीबाट माधव ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

अख्तियार विकासको सबैभन्दा ठूलो अवरोध बन्यो:- पूर्वसचिव उपाध्याय

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

बिशेष