संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले सोमबारको निर्णय अनुसार ती उपसचिवहरुको सरुवा गरेको जनाएको छ ।जसमध्ये प्रशासन सेवाका पाँच,शिक्षा सेवाका एक,प्राविधिक तीन,वन र विविध सेवाका कर्मचारीहरु रहेका छन् ।
बिज्ञापन
सरुवाको सूची अनुसार,वन तथा वातावरण मन्त्रालयबाट छविलाल सुवेदीलाई परराष्ट्र मन्त्रालयमा लगिएको छ भने सुमना अर्याललाई भूमि मन्त्रालयबाट वनमा ल्याइएको छ ।
यस्तै,सञ्चारबाट सुरज प्रकाश अर्याल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,परराष्ट्रबाट कर्ण प्रसाद तिमिल्सिनालाई अर्थमा,जल तथा मौसम विज्ञान विभागबाट सन्त कुमार महर्जनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ ।
सूची अनुसार,सार्क आर एस यू त्रिपुरेश्वरबाट चेत नारायण खरेललाई वन तथा वातावरण मन्त्रालय,उर्जा जलश्रोत मन्त्रालयबाट कल्प मोहन सोतीलाई राष्ट्रिय सतर्कता केन्द्रमा लगिएको छ । शिक्षा मन्त्रालयबाट विश्वास रोका राष्ट्रिय युवा परिषद्मा पठाइएको छ ।
यस्तै,महेन्द्र चौधरीलाई वन तथा वातावरण मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजमा खटाइएको छ भने कृष्ण व्याञ्जुलाई राष्ट्रिय योजना आयोग र जिसस म्याग्दीबाट माधव ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ ।