काँग्रेसको असहमतिपछि कार्यसूचीबाट हट्यो भूमिसम्बन्धी विद्येयक

सत्तारुढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ ।प्रतिनिधि सभाको आजको बैठकबाट भूमि विधेयक पारित गर्ने तयारीमा सरकार थियो। त्यसैले सम्भावित कार्यसूचीमा समेत राखिएको थियो। तर अहिले कार्यसूचीबाट उक्त भूमिसम्बन्धी विद्येयक हटाइएको छ ।

बिज्ञापन

 सम्बन्धित समिमिमा समेत नपठाइ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारको प्रस्ताव पारित गर्ने कार्यसूची राखेपछि काँग्रेसकाका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले सरकारले ल्याएको विधेयकले सार्वजनिक जग्गा वितरण गर्ने प्रावधान राखेको भन्दै सच्याउन संशोधन दर्ता गरेका थिए। यस्का अलवा विद्येयकमा थापा, शर्मासहित सहमहामन्त्री जीवन परियार सहित कांग्रेस सांसदहरू दिलेन्द्र बडु, राजेन्द्र केसी, सञ्जय गौतम, आशा विक, नागिना यादव, सीता मिजार, रमा पौडेल कोइराला लगायतले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

बिज्ञापन

विद्येयकमा कांग्रेसले असहमति जनाएपछि अहिले कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ ।

यस अघि शर्माले सामाजिक सञ्जालबाटै पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेकोमा आफ्नो विमति रहेको शर्माले बताएका थिए । लटरपटर गरेर विधेयक अघि बढाउने प्रयास नगर्न उनले सरकारलाई उनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

१५ सहसचिवको सरुवा

राष्ट्रपतिले बोलाए प्रधानमन्त्री‍सहितको सर्वदलीय बैठक

मन्त्रीविहीन विभागमा मनपरी सरुवा, सतर्कता र हेलो सरकारमा उजुरी

बिशेष