काँग्रेसको असहमतिपछि कार्यसूचीबाट हट्यो भूमिसम्बन्धी विद्येयक

सत्तारुढ तथा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले असहमति जनाएपछि ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइएको छ ।प्रतिनिधि सभाको आजको बैठकबाट भूमि विधेयक पारित गर्ने तयारीमा सरकार थियो। त्यसैले सम्भावित कार्यसूचीमा समेत राखिएको थियो। तर अहिले कार्यसूचीबाट उक्त भूमिसम्बन्धी विद्येयक हटाइएको छ ।

बिज्ञापन

 सम्बन्धित समिमिमा समेत नपठाइ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारको प्रस्ताव पारित गर्ने कार्यसूची राखेपछि काँग्रेसकाका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले सरकारले ल्याएको विधेयकले सार्वजनिक जग्गा वितरण गर्ने प्रावधान राखेको भन्दै सच्याउन संशोधन दर्ता गरेका थिए। यस्का अलवा विद्येयकमा थापा, शर्मासहित सहमहामन्त्री जीवन परियार सहित कांग्रेस सांसदहरू दिलेन्द्र बडु, राजेन्द्र केसी, सञ्जय गौतम, आशा विक, नागिना यादव, सीता मिजार, रमा पौडेल कोइराला लगायतले संशोधन प्रस्ताव दर्ता गरेका छन्।

बिज्ञापन

विद्येयकमा कांग्रेसले असहमति जनाएपछि अहिले कार्यसूचीबाट त्यो विधेयक हटाइएको छ ।

यस अघि शर्माले सामाजिक सञ्जालबाटै पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेकोमा आफ्नो विमति रहेको शर्माले बताएका थिए । लटरपटर गरेर विधेयक अघि बढाउने प्रयास नगर्न उनले सरकारलाई उनले सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष