राष्ट्रिय सभामा पेश हुँदै निजामती विद्येयक,भदौं अगाडि आउने सम्भवना कम

 

बिज्ञापन

प्रतिनिधि सभाबाट बहुमतले पारित भएको संघीय निजामती विधेयक राष्ट्रिय सभामा पुगेर अड्किएको छ । गत साता बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देश टेबल गरेका थिए । सो विद्येयक अब कहिले पेश होला राष्ट्रिय सभामा ?

बिज्ञापन

राष्ट्रिय सभा सचिवालयका अनुसार,२७ असारमा राष्ट्रिय सभाको बैठक बस्दै छ । सो दिन विद्येयक पेश हुने सम्भवना अत्यन्त कम छ । त्यस पछि ३० असारमा बस्ने सभाको बैठकमा संघीय निजामती सेवा विद्येयक पेश हुने छ । विधेयकमा रहेको कुलिङ पिरिडयसम्बन्धी व्यवस्थालाई लिएर विवाद भइरहेको समयमा विधेयक राष्ट्रिय सभामा पुगेको थियो,गत साता । प्रतिनिधि सभाबाट बहुमतले पारित गरेर राष्ट्रिय सभामा पुगेको विद्येयकमा स्वार्थ समूहको चाहना अनुसार कतिपय प्रावधान निस्क्रिय पारिएको बिषयले चर्चा र परिचर्चा पाइरहेको छ ।

कुलिङ पिरियडमा छेडखानी भएको बिषयमा छानबिन गर्नका लागि हालैमात्र प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की सदस्य रहेका छन् । प्रचलित कानुनको अधिनमा रही समितिले आफ्नो कार्यविधि आफैँ बनाई काम गर्नेछ । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ ।

बिज्ञापन

विद्येयकमा भएका कतिपय छेडखानीलाई राष्ट्रिय सभामा संशोधन गरिने  राष्ट्रिय सभामा संशोधन गरेर सो विद्येयक विद्यायन व्यवस्था समितिमा जान्छ । विधेयक प्रमाणित गरेर राष्ट्रपतिकोमा पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउने छ । सोही कारण विद्येयक कम्तिमा भदौं अगाडि आउने सम्भवना नरहेको जानकारहरु बताउँछन् । बजेट अधिवेशनबाटै विद्येयक जारी गर्ने बताइएपछि अनेक किचलोका कारण भदौं भित्र पनि आउने सम्भवना कम रहेको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजश्व अनुसन्धान विभागको अनुगमन सुरु, कोरला नाकाबाट दुई गाडी जफत

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

सात हजार घुस काण्ड : पौडेललाई एक महिना जेल र जरिवाना

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

यस्ता छन् क्याविनेटका सात निर्णय

कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन: ओली

निर्णय नगर्ने कर्मचारी जनता चुसुवा हुन्:- पूर्व सचिव उपाध्याय

पूर्व सचिवको संयोजकत्वमा कुलमानको पार्टी,सुमनासँग मिलेन कुरा

बिशेष