राष्ट्रिय सभामा पेश हुँदै निजामती विद्येयक,भदौं अगाडि आउने सम्भवना कम

 

बिज्ञापन

प्रतिनिधि सभाबाट बहुमतले पारित भएको संघीय निजामती विधेयक राष्ट्रिय सभामा पुगेर अड्किएको छ । गत साता बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट सन्देश टेबल गरेका थिए । सो विद्येयक अब कहिले पेश होला राष्ट्रिय सभामा ?

बिज्ञापन

राष्ट्रिय सभा सचिवालयका अनुसार,२७ असारमा राष्ट्रिय सभाको बैठक बस्दै छ । सो दिन विद्येयक पेश हुने सम्भवना अत्यन्त कम छ । त्यस पछि ३० असारमा बस्ने सभाको बैठकमा संघीय निजामती सेवा विद्येयक पेश हुने छ । विधेयकमा रहेको कुलिङ पिरिडयसम्बन्धी व्यवस्थालाई लिएर विवाद भइरहेको समयमा विधेयक राष्ट्रिय सभामा पुगेको थियो,गत साता । प्रतिनिधि सभाबाट बहुमतले पारित गरेर राष्ट्रिय सभामा पुगेको विद्येयकमा स्वार्थ समूहको चाहना अनुसार कतिपय प्रावधान निस्क्रिय पारिएको बिषयले चर्चा र परिचर्चा पाइरहेको छ ।

कुलिङ पिरियडमा छेडखानी भएको बिषयमा छानबिन गर्नका लागि हालैमात्र प्रतिनिधिसभा नियमावलीबमोजिम संसदीय विशेष समितिको संयोजकमा नेपाली कांग्रेसका जीवन परियार, सदस्यहरूमा कांग्रेसका सुशीला थिङ, नेकपा (एमाले) का नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) का माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रोशन कार्की सदस्य रहेका छन् । प्रचलित कानुनको अधिनमा रही समितिले आफ्नो कार्यविधि आफैँ बनाई काम गर्नेछ । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेस गर्न भनिएको छ ।

बिज्ञापन

विद्येयकमा भएका कतिपय छेडखानीलाई राष्ट्रिय सभामा संशोधन गरिने  राष्ट्रिय सभामा संशोधन गरेर सो विद्येयक विद्यायन व्यवस्था समितिमा जान्छ । विधेयक प्रमाणित गरेर राष्ट्रपतिकोमा पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधेयक ऐनको रूपमा कार्यान्वयनमा आउने छ । सोही कारण विद्येयक कम्तिमा भदौं अगाडि आउने सम्भवना नरहेको जानकारहरु बताउँछन् । बजेट अधिवेशनबाटै विद्येयक जारी गर्ने बताइएपछि अनेक किचलोका कारण भदौं भित्र पनि आउने सम्भवना कम रहेको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष