बाढीले बगायो रसुवागढीको मितेरी पुल र भन्सारमा रोकिएका गाडी

रसुवामा बाढीले पुल सडक घर तथा मान्छेहरू बगाएको छ। स्थानीयहरुका अनुसार,भोटेकोशी नदीमा अहिलेसम्मकै ठुलो बाढी आउँदा नेपाल र चीन जोड्ने मितेरी पुलमा बाढीले क्षति गरेको छ । गए राति भोटेकोसी नदीमा आएको बाढीले पक्की पुल बगाएको हो । बाढीले भन्सार र्याडमा भएको कन्टेनरहरू पनि बगाएको छ। केरूङमा सामान लिन जान लागेका र सामान लिएर फर्किदै गरेको गाडीहरू पनि बाढीमा बगेका छन ।ड्राइपोर्ट क्षेत्रमा समेत बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

गोसाइँकुण्ड नगरपालिका ३ मा चीनतर्फबाट आएको भोटेकोसीको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएको हो । त्यहाँ रहेका गाडीका अलवा केही मानिसहरुसम्म बगाएको स्थानीयहरुले जनाएका छन् ।

बिज्ञापन

यद्यपि जिल्ला प्रहरी कार्यालय रसुवाले भने क्षतीको विवरण प्राप्त नभइसकेको र प्रहरीहरु अहिले खोजी तथा उद्धारमा लागिरहेको जनाएको छ । वाढीका केही मानिसहरु फसेकोले उद्धारका लागि हेलिकोप्टरसँग समन्वय भइरहेको र खराब मौसमको कारण समस्या भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारीअनुसार त्यहाँ थुप्रै कन्टेनर पुरिएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष