प्रमुख प्रशासकीय,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहित ९ जना तथा एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले उपप्रमुख झासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेश कुमार मण्डल, योजना शाखाका खरिदार शत्रुघन साह, लेखापाल नेत्र लुंगेली, सब इन्जिनियर विनोद कुमार मण्डल र खरिदार ज्ञानेन्द्र कुमार झाविरुद्ध मुद्दा दायर गरेको हो।

बिज्ञापन

नगरपालिकाको वडा नम्बर ५ स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान योजना टुक्रा टुक्रा पारी रकम भुक्तानी गरी अनियमितता गरेको अख्तियारले देव कन्स्ट्रक्सनका प्रोप्राइटर शुभचन्द्र मण्डल समेतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा लगेको हो ।

अख्तियारले ५२ लाख ७२ हजार १६८ रूपैयाँको हिनामिना भएको दावीसहित सबै प्रतिवादीविरुद्ध फरक फरक बिगो कायम गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को नगरसभाबाट स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा नम्बर ५, स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान कार्यका निम्ति बजेट विनियोजन गरिएको थियो ।

बिज्ञापन

उनीहरुको मिलेमतोमा गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारी वास्तविक भएको कामभन्दा बढी रकम भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शहरी विकास मन्त्रालयको गाडी निजी कार्यक्रममा दुरुपयोग, प्रमुख सचिवमाथि भ्रष्टाचारको छायाँ

उपत्यका नापी प्रमुख बन्न दौडधुप

उत्तरदायी र व्यावसायिक निजामती प्रशासन

संघीय सचिवालयमा १७ वर्षदेखि लिलामी रोकियोः ल्यापटप र आइप्याड गायब

समावेशी भर्ना प्रणाली:- प्रारुप, अवसर र चुनौती

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

बिशेष