प्रमुख प्रशासकीय,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहित ९ जना तथा एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले उपप्रमुख झासहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेश कुमार मण्डल, योजना शाखाका खरिदार शत्रुघन साह, लेखापाल नेत्र लुंगेली, सब इन्जिनियर विनोद कुमार मण्डल र खरिदार ज्ञानेन्द्र कुमार झाविरुद्ध मुद्दा दायर गरेको हो।

बिज्ञापन

नगरपालिकाको वडा नम्बर ५ स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान योजना टुक्रा टुक्रा पारी रकम भुक्तानी गरी अनियमितता गरेको अख्तियारले देव कन्स्ट्रक्सनका प्रोप्राइटर शुभचन्द्र मण्डल समेतलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा लगेको हो ।

अख्तियारले ५२ लाख ७२ हजार १६८ रूपैयाँको हिनामिना भएको दावीसहित सबै प्रतिवादीविरुद्ध फरक फरक बिगो कायम गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को नगरसभाबाट स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा नम्बर ५, स्थित सुगा निकासदेखि कट्टीसम्म पीसीसी ढलान कार्यका निम्ति बजेट विनियोजन गरिएको थियो ।

बिज्ञापन

उनीहरुको मिलेमतोमा गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारी वास्तविक भएको कामभन्दा बढी रकम भुक्तानी दिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष