सभापति खतिवडा महिना दिनसम्म समिति बैठकमा नजाने, सरकारी गाडी पनि नचढ्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले संसदीय समितिबाट राजीनामा नदिने भएका छन् । यस अघि संसदीस्य छानबिन समिति बने लगतै आफू राजीनामा दिने बताउँदै आएका खतिवडाले तत्काल भने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा नदिने भएका हुन ।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ १ गते पारित भइ प्रतिनिधि सभामा असार ३ गते दर्ता भएको संघीय निजामती सेवा विद्येयक ०८० पारित हुँदा कुलिङ पिरियड प्रावधानमा छेडखानी भएको भेटिएपछि सो समितिका सभापतिको हैसियतले रामहरि खतिवडाले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो । मस्यौदाको अन्तिम हस्ताक्षरकर्ता मानिएका समिति सचिव सुरजकुमार दुराले गत बुधबारै राजीनामा दिइसकेका छन् । यस्तै समितिका सभापति रामहरि खतिवडाले समेत राजीनामा दिनुपर्ने समितिकै सदस्यहरुले माग राख्दै आएका थिए । यस अघि खतिवडाले संसदीय विशेष छानबिन समिति बनेसँगै आफूले सभापति पदबाट राजीनामा दिने बताउँदै आएका थिए ।

बिज्ञापन

पछि कुरा बदल्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले पार्टीले निर्देशन दिए राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हट्न आफू तयार रहेको बताएका थिए । उनले सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु। तर अहिले जे भइरहेको छ यो मेरो गल्तीका कारण र मेरा कारण भएको कुरा होइन भन्दै पार्टी बैठकमा स्पष्टीकरण दिएका थिए ।

यता सोमबारमात्र सभामुख देवराज घिमिरेले सो छलछाम छानबिन गर्न नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाकी रोशन कार्की सदस्य रहने गरी सात सदस्यीय छानबिन समिति गठन भएसँगै खतिवडाले कुरा बदलेका छन् । उनले संसदीय समितिले प्रतिवेदन नबुझाएसम्म प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने र
गाडी सुविधा पनि छोड्ने बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्काे मन्त्रीले ३२ लाख घुस लिएको अडियो सार्वजनिक,सचिव समेत मुछिए

एमालेनिकट कर्मचारी संगठनका नेता प्रसाईं घुस प्रकरणमा दोषी ठहर

स्थानीय सेवा ऐन संशोधन गर्न बनेको विधेयक सर्वसहमतले पारित

त्रिवि अध्यागमनको सेटै परिवर्तन गर्ने तयारी, सहसचिवद्धय पछि ४५ अधिकृत हेरफेर गरिँदै

संघीय निजामती विधेयकमा २ साउनसम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने

भोलि साउने संक्रान्ति,कर्णाली प्रदेशमा सार्वजनिक बिदा

एमालेका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

क्याविनेटका २९ निर्णय : नियुक्ति, सरुवा,बढुवादेखि ओएण्ड एम स्वीकृतिसम्म

बिशेष