सभापति खतिवडा महिना दिनसम्म समिति बैठकमा नजाने, सरकारी गाडी पनि नचढ्ने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले संसदीय समितिबाट राजीनामा नदिने भएका छन् । यस अघि संसदीस्य छानबिन समिति बने लगतै आफू राजीनामा दिने बताउँदै आएका खतिवडाले तत्काल भने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा नदिने भएका हुन ।

बिज्ञापन

राज्य व्यवस्था तथा सुशासन समितिबाट गत जेठ १ गते पारित भइ प्रतिनिधि सभामा असार ३ गते दर्ता भएको संघीय निजामती सेवा विद्येयक ०८० पारित हुँदा कुलिङ पिरियड प्रावधानमा छेडखानी भएको भेटिएपछि सो समितिका सभापतिको हैसियतले रामहरि खतिवडाले राजीनामा दिनुपर्ने आवाज उठ्दै आएको थियो । मस्यौदाको अन्तिम हस्ताक्षरकर्ता मानिएका समिति सचिव सुरजकुमार दुराले गत बुधबारै राजीनामा दिइसकेका छन् । यस्तै समितिका सभापति रामहरि खतिवडाले समेत राजीनामा दिनुपर्ने समितिकै सदस्यहरुले माग राख्दै आएका थिए । यस अघि खतिवडाले संसदीय विशेष छानबिन समिति बनेसँगै आफूले सभापति पदबाट राजीनामा दिने बताउँदै आएका थिए ।

बिज्ञापन

पछि कुरा बदल्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले पार्टीले निर्देशन दिए राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट हट्न आफू तयार रहेको बताएका थिए । उनले सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु। तर अहिले जे भइरहेको छ यो मेरो गल्तीका कारण र मेरा कारण भएको कुरा होइन भन्दै पार्टी बैठकमा स्पष्टीकरण दिएका थिए ।

यता सोमबारमात्र सभामुख देवराज घिमिरेले सो छलछाम छानबिन गर्न नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाकी रोशन कार्की सदस्य रहने गरी सात सदस्यीय छानबिन समिति गठन भएसँगै खतिवडाले कुरा बदलेका छन् । उनले संसदीय समितिले प्रतिवेदन नबुझाएसम्म प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने र
गाडी सुविधा पनि छोड्ने बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारका कर्मचारीको उकुसमुकुस

खरिदारदेखि उपसचिव तहका २८ कर्मचारीको सरुवा

विष्णु अग्रवालविरुद्ध कर छली र भन्सार छलिको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी

वैदेशिक रोजगार विभागका नायब सुब्बाविरुद्ध घुस मुद्दा दायर

मन्त्रिपरिषद्को बैठक सुरु

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

बिशेष