एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

निजामती विधेयकमा रहेको कुलिङ पिरियड हेरफेर प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको चर्काे आलोचना भइरहेको छ ।

बिज्ञापन

सत्ताधारी दलकै सांसदहरुले सभापतिको रामहरि खतिवडाको राजीनामा मागेका छन् । सांसद पदम गिरी,वासुदेव घिमिरेदेखि  राजेन्द्र राईसम्मले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सो समितिका सचिवको जिम्मेवारीमा रहेका सुरज कुमार दुराको राजीनामा माग गरेका छन् ।

बिज्ञापन

एमालेका सांसदहरुले निजामती सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिंदै समिति सभापति रामहरि खतिवडाले मार्गप्रशष्त गर्नुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् । एमालेका सांसदहरुले खतिवडाको नेतृत्वको समितिमा आफूहरु बस्न नसक्ने बताउँदै राजीनामा दिएर मार्गप्रशष्त गर्न माग राखेका छन् । पूर्व कानूनमन्त्री समेत रहेका गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापतिले जिम्मेवारी लिंदै राजीनामा दिनुपर्ने बताए । उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि मागे ।‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड दुई वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो । तर, सभापति र सचिवको हस्ताक्षर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो । यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो । त्यसैले जिम्मेवारी लिंदै सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’

यस्तै एमालेका अर्काे सांसद वासुदेव घिमिरेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखेका छन् । उनले अधिकारसम्पन्न छानबिन समिति बनाउनु पर्ने माग राख्दै समितिका सभापति र सचिवले राजीनामा दिनुपर्ने बताएका हुन ।

बिज्ञापन

यस्तै एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे । उनले भने मलाई पहिल्यै शंका थियो, यो नराखौँ भनेको हो । बुरुक–बुरुक उफ्रिनुभो । पछि त हटाउनु नै रहेछ । मुलुकलाई घाटा हुन्छ । मिहिनेत गरेका छिनछिनमा चेन्ज गर्नुहुन्छ । अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौं ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुुई सहसचिव सचिवमा बढुवा सिफारिस

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष