एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

निजामती विधेयकमा रहेको कुलिङ पिरियड हेरफेर प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको चर्काे आलोचना भइरहेको छ ।

बिज्ञापन

सत्ताधारी दलकै सांसदहरुले सभापतिको रामहरि खतिवडाको राजीनामा मागेका छन् । सांसद पदम गिरी,वासुदेव घिमिरेदेखि  राजेन्द्र राईसम्मले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सो समितिका सचिवको जिम्मेवारीमा रहेका सुरज कुमार दुराको राजीनामा माग गरेका छन् ।

बिज्ञापन

एमालेका सांसदहरुले निजामती सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिंदै समिति सभापति रामहरि खतिवडाले मार्गप्रशष्त गर्नुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् । एमालेका सांसदहरुले खतिवडाको नेतृत्वको समितिमा आफूहरु बस्न नसक्ने बताउँदै राजीनामा दिएर मार्गप्रशष्त गर्न माग राखेका छन् । पूर्व कानूनमन्त्री समेत रहेका गिरीले प्रतिवेदनमा अन्तिम हस्ताक्षरकर्ता भएकाले पनि सभापतिले जिम्मेवारी लिंदै राजीनामा दिनुपर्ने बताए । उनले समितिका सचिव सुरजकुमार दुराको राजीनामा पनि मागे ।‘समितिले महिनौं लगाएर छलफल गरेर कुलिङ अफ पिरियड दुई वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषय हो । तर, सभापति र सचिवको हस्ताक्षर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लज्जास्पद र घिनलाग्दो अवस्था हो । यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो । त्यसैले जिम्मेवारी लिंदै सभापति र सचिवले राजीनामा दिनुपर्छ ।’

यस्तै एमालेका अर्काे सांसद वासुदेव घिमिरेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखेका छन् । उनले अधिकारसम्पन्न छानबिन समिति बनाउनु पर्ने माग राख्दै समितिका सभापति र सचिवले राजीनामा दिनुपर्ने बताएका हुन ।

बिज्ञापन

यस्तै एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे । उनले भने मलाई पहिल्यै शंका थियो, यो नराखौँ भनेको हो । बुरुक–बुरुक उफ्रिनुभो । पछि त हटाउनु नै रहेछ । मुलुकलाई घाटा हुन्छ । मिहिनेत गरेका छिनछिनमा चेन्ज गर्नुहुन्छ । अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौं ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष