भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।

बिज्ञापन

‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आइतबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

बिज्ञापन

सञ्चारमन्त्री छँदा नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत जेठ १ गते ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको भन्दै सो रकम मागदावी सहित विशेषमा मुद्धा दायर गरेको थियो । अख्तियारले बस्नेतसहित १६ जना प्रतिवालीविरुद्ध सो मागदावी लिएको थियो ।

अख्तियारले मुद्धा लगेको एक महिना १५ दिन पछि विशेष अदालतमा आज भएको बयान र सो पछि भएको थुनछेक बहसपछि उनले २५ लाख रूपैयाँ धरौटी जम्मा गर्नुपर्ने आदेश सुनाइएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सरकार बनेको तीन सातामै पाँच कर्मचारीले दिए राजीनामा

घुस वापतको ४ करोड २२ लाख रकम नासुको खातामा

ब्राउन सुगरसहित ५ जना पक्राउ

६४ करोडको ठेक्कामा ४ करोड घुस, दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

ट्रेड युनियन विघटन निर्णयविरुद्ध अन्तर्राष्ट्रिय ट्रेड युनियनको आपत्ति, बालेनलाई निर्णय फिर्ता लिन माग

सामान्यले सेटिङमा सरुवा गरेको भन्दै शाखा अधिकृतले दिए सरकारी सेवाबाट राजीनामा

तीन दर्जन नासुहरुको सरुवा सूची निस्कदै

बिशेष