पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।
बिज्ञापन
‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले आइतबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिज्ञापन
सञ्चारमन्त्री छँदा नेपाल दूरसञ्चार प्राधिकरणको ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण तथा प्रणाली खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत जेठ १ गते ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको भन्दै सो रकम मागदावी सहित विशेषमा मुद्धा दायर गरेको थियो । अख्तियारले बस्नेतसहित १६ जना प्रतिवालीविरुद्ध सो मागदावी लिएको थियो ।
अख्तियारले मुद्धा लगेको एक महिना १५ दिन पछि विशेष अदालतमा आज भएको बयान र सो पछि भएको थुनछेक बहसपछि उनले २५ लाख रूपैयाँ धरौटी जम्मा गर्नुपर्ने आदेश सुनाइएको हो।