साढे २५ लाख राजश्व कर्मचारीको गोजीमा,लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा

सरकारी अस्पतालको राजश्व आफ्नो खल्तीमा हालेको भेटिएसँगै अख्तियारले लेखा अधिकृतसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) सहित कम्युटर अपरेटर (करार) र एक बैंकको कर्मचारीलाई समेत दोषी करार गर्दै तीन विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदी सामाजिक सेवा एकाई कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाही र कुमारी बैंकका एक्स्टेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई प्रतिवादी बनाएर मुद्धा विशेषमा दायर गरेको हो ।

बिज्ञापन

कम्युटर अपरेटर शाहीले स्वास्थ्य वीमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बिमितहरुको नाम दर्ता गर्ने कार्य  गर्दै आईरहेकोमा अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट  प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगका अनुसा एक महिनाको अवधिमा यी तीनले अस्पतालमा संकलन भएको राजश्व चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसामध्ये आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ रकम अस्पतालको खातामा  दाखिला गरी बाँकी पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा रकम हिनामिना गरे गराएको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरजन्य कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर विशेष अदालतमा मुद्धा दर्ता गराइएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

कामकाजका लागि मात्रै पठाएका डीजी पदस्थापन नहुँदै विभागमा ५८ कर्मचारीहरूको मनोमानी सरुवा

एमआरलाई अस्पताल प्रवेश निषेध

जेनजीको आन्दोलनका नाममा कर्मचारीलाई चलखेलको अवसर,विवादमा तानियो कलंकी मालपोत

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

उपसचिवको सरुवामा ५३ लाख डिल,दुई हाइप्रोफाइलविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व प्रधानमन्त्री,मन्त्रीसहित सचिव र सह सचिवलाई विदेश भ्रमणमा रोक

बिशेष