पौडेल सचिवमा बढुवा,भण्डारीको राजीनामा स्वीकृत

आज बसेको मन्त्रिपरिषद्को बैठकले एक जना सचिवको राजीनामा स्वीकृत गरेको छ भने अर्का एक सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त सदस्यहरुमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गरेको छ । यस्तै श्रम सचिव केवल भण्डारीको राजीनामा स्वीकृत गरेको छ । भण्डारी यही ११ चैत्रदेखि सेवा हद पूरा गरेर अवकाशमा जाँदै थिए ।
यस्तै आजको क्याविनेटले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।पौडेल यसअघि २ पटक सचिव बढुवा सिफारिसमा परिसकेका थिए ।

बिज्ञापन

बढुवा सिफारिस समितिले चूडामणि पौडेल,डा हरि लम्साल र केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो । उनको पदस्थापन पनि कर्णालीमै हुने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष