२३ जना नासुको सरुवा : ६ लाई काज,२ को गृहमा इन्ट्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना नासुहरुको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ती कर्मचारीहरुमध्ये ६ जनालाई काज र बाँकी १७ को सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार मिना ताम्राकारलाई निजामती किताबखानामा काज सरुवा गरेको छ । यस्तै,कल्याणी पौडेललाई वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग,मिनाराम केसी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत,पवना खनाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा भएका छन् ।

बिज्ञापन

यस्तै,अस्मिता भण्डारी काजमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाइएको छ भने कमला परियार वन तथा वातावरण मन्त्रालय,नारायण प्रसाद अर्याललाई काजमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा खटाइएको छ । यस्का अलवा सिमा पोखरेल पनि त्यही पुगेकी छिन्,काजमै ।
निर्वाचन आयोगमा दुर्गाकुमारी बूढाथोकी,खानेपानीमा गिरिराज खतिवडा,संगीता घिमिरेलाई महिला बालबालिका मन्त्रालयमा पठाइँदा ऋृषिराज चौधरी मुस्लिम आयोग पुगेका छन् । काजमै भुवन बराल भट्टराईलाई वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा लगिएको छ भने मदनकुमार कार्की सहरी विकास मन्त्रालयमा पुगेका छन् । यस्तै शहरीमा पुगेका अन्य नासुमा केशव थापा छन् ।
गृहमा फड्को मार्ने पुष्पाश्री पौडेल र सुनिता थापा रहेका छन् । कृष्ण पौडेल रक्षा,रामप्रसाद जैसी राष्ट्रपतिको कार्यालयमा सरुवा हुँदा लेखा पौडेल खनाललाई कृषि तथा पुशपक्षी मन्त्रालय र कमलजंग दर्लामी महिला बालबालिका मन्त्रालयमा पुगेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्त समूहमा रहेका कर्मचारीहरु तीन दिन भित्र जिम्मेवारी दिन परिपत्र गरेको साता दिन पछि बल्ल मन्त्रालयलाई तातो लागेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष