संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना नासुहरुको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहमा रहेका ती कर्मचारीहरुमध्ये ६ जनालाई काज र बाँकी १७ को सरुवा गरेको हो ।
बिज्ञापन
सरुवाको सूची अनुसार मिना ताम्राकारलाई निजामती किताबखानामा काज सरुवा गरेको छ । यस्तै,कल्याणी पौडेललाई वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग,मिनाराम केसी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत,पवना खनाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सरुवा भएका छन् ।
बिज्ञापन
यस्तै,अस्मिता भण्डारी काजमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाइएको छ भने कमला परियार वन तथा वातावरण मन्त्रालय,नारायण प्रसाद अर्याललाई काजमा वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा खटाइएको छ । यस्का अलवा सिमा पोखरेल पनि त्यही पुगेकी छिन्,काजमै ।
निर्वाचन आयोगमा दुर्गाकुमारी बूढाथोकी,खानेपानीमा गिरिराज खतिवडा,संगीता घिमिरेलाई महिला बालबालिका मन्त्रालयमा पठाइँदा ऋृषिराज चौधरी मुस्लिम आयोग पुगेका छन् । काजमै भुवन बराल भट्टराईलाई वाणिज्य,आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा लगिएको छ भने मदनकुमार कार्की सहरी विकास मन्त्रालयमा पुगेका छन् । यस्तै शहरीमा पुगेका अन्य नासुमा केशव थापा छन् ।
गृहमा फड्को मार्ने पुष्पाश्री पौडेल र सुनिता थापा रहेका छन् । कृष्ण पौडेल रक्षा,रामप्रसाद जैसी राष्ट्रपतिको कार्यालयमा सरुवा हुँदा लेखा पौडेल खनाललाई कृषि तथा पुशपक्षी मन्त्रालय र कमलजंग दर्लामी महिला बालबालिका मन्त्रालयमा पुगेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्त समूहमा रहेका कर्मचारीहरु तीन दिन भित्र जिम्मेवारी दिन परिपत्र गरेको साता दिन पछि बल्ल मन्त्रालयलाई तातो लागेको हो ।