आज कर्मचारीहरु सामान्य प्रशासनको मूल ढोकामा,निजामती विद्येयक भोलि प्रतिनिधि सभामा

संघीय निजामती सेवा विधेयकका भोलि अर्थात मंगलबार प्रतिनिधि सभामा पेश हुँदैछ । गत २ जेठमा राज्य व्यवस्था तथा सुशाशन समितिबाट पास भएको विद्येयक दुई सातापछि प्रतिनिधि सभामा पेश गर्ने तयारी हुँदै गर्दा कर्मचारीहरुले समेत सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएर प्रतिनिधि सभामा पेश गर्ने तयारी भइरहेको उक्त विद्येयकका कतिपय प्रावधानका विरोधमा कर्मचारीहरुले निरन्तर धर्ना र दबाब दिइरहेका छन् । कहिले पार्टीका सभापतिलाई भेटेर दवाव दिने,त राज्यव्यवस्था तथा सुशासन समितिका सभापति,सामान्य प्रशासन मन्त्रीसम्मलाई भेटेर दवाव दिइहरेका निजामती कर्मचारी युनियनको एउटा समूहले आज पनि संघीय मामिला तथा सामान्य प्रशासनको मूल ढोकामा २ घण्टा धर्ना दिएका छन् ।

बिज्ञापन

विद्येयकमा रहेका कतिपय प्रावधानका कारण कर्मचारीको वृत्ति विकासको बाटो अवरुद्ध हुने भन्दै आज पनि निजामती कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल ढोकामा बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म धर्ना दिएका हुन् ।

बिज्ञापन

ट्रेड युनियन सञ्जालले राखेका ११ बुँदे माग सो विधेयकमा नसमेटिएको भन्दै कर्मचारीहरु आन्दोलनमा छन् । कर्मचारीहरुले सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि गर्ने समय ७ वर्ष नभइ ५ वर्ष राख्नुपर्ने, प्राविधिक पदमा नासुस्तरको भर्ना खोलिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई एकपटकका लागि समायोजका लागि छनौटको अवसर दिनुपर्ने लगाएतका माग राखेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहको परिभाषामा सरकार उदासीन देखिएको, अतिरिक्त सचिवको क्यापमा पनि सरकार उदासीन देखिएको,प्राविधिक पदमा नासु स्तरको लोकसेवा खोलिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने लगायतका माग सम्बोधन हुनुपर्ने बताउँदै आएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष