६ सहसचिवको सरुवा हुँदा दुई तानिए बरण्डामा

गृह मन्त्रालयले ६ जना सहसचिवहरुको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ती सहसचिवहरुको सरुवा भएको हो । गृहले गरेको सरुवामा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन भएका छन् ।

बिज्ञापन

गृह मन्त्रालयका बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सरुवा गरेर कास्की पठाइएको छ । केही महिना अगाडि कास्की पुगेका भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएका छन् । यस्तै,गृहको बरण्डामा रहेका सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् भने शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउँदा रामुराज कडरीया त्यहाँबाट मन्त्रालयमा तानिएको छ ।

बिज्ञापन

यस अघि नवलपरासीको प्रमुख जिल्ला अधिकारी रहेर लामो समय करण्डामा थन्काइएका अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र अतिरिक्त समूहमा रहेका कर्मचारीलाई जिम्मेवारी दिएर खटाउन परिपत्र गरेसँगै मन्त्रालयले गृहका बरण्डामा रहेका सहसचिव र शाखा अधिकृतहरुलाई जिम्मेवारी दिएर खटाएको हो ।गृहले अतिरिक्त समूहमा रहेका चार सहसचिवको व्यवस्थापन गर्दा २ सहसचिव फेरि बरण्डामै (अतिरिक्त समूह) तानिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने

विवादित वन अधिकृत ठाकुर: अदालतको आदेश अवज्ञादेखि गरिब महिलाको टेम्पो भीरबाट खसाल्ने घटनासम्म

रास्वपाको चार प्रदेशको अधिवेशन :बहालवाला तीन सांसद पराजित

आफ्नै हात जगन्नाथ : अर्थमन्त्रीकै गृहजिल्लामा पूर्वाधारको ४ अर्ब बजेट

प्रमुख प्रशासकीय अधिकृतलाई कस्न सरकारले ल्यायो नयाँ आचारसंहिता

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कार्की

विदा लिएपछि कहाँ गए ५२९ सरकारी कर्मचारी ? बढुवा, सरुवा र पदस्थापनको अभिलेखसमेत नदेखिएपछि विशेष छानबिन सुरु

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

बिशेष